नेपालीहरुलाई ठगेर १७ करोड ७९ लाख रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गर्ने एक चिनियाँ पक्राउ

  • Technology Khabar | २० चैत्र २०८२, शुक्रबार
नेपालीहरुलाई ठगेर १७ करोड ७९ लाख रुपैयाँ बराबरको क्रिप्टो करेन्सी कारोबार गर्ने एक चिनियाँ पक्राउ
एआईको सहयोगमा तयार पारिएको सांकेतिक तस्बिर।

काठमाडौं ।

नेपाली नागरिकहरुलाई ठगी गरेर क्रिप्टो करेन्सीको कारोबार गर्ने एक जना चिनियाँ नागरिकलाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा छिमेकी देश चीन घर भई काठमाडौंको महानगरपालिका–२६ ठमेल बस्ने झु यी फेंग रहेका छन्।

जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाको आधारमा उनलाई ठमेलबाट बिहिबार पक्राउ गरेको प्रवक्ता पवन कुमार भट्टराईले जानकारी दिए।

फेंगले विभिन्न सामाजिक सञ्जालबाट नेपाली नागरिकहरूसँग कुराकानी गरी विभिन्न किसिमका प्रलोभन देखाई विश्वासमा पारी उनीहरुको बैंक खाताहरू समेत प्रयोग गरी ठगी गर्ने गरेको खुल्न आएको प्रहरीले जनाएको छ। उनले त्यसरी ठगीको गरेको रकमलाई क्रिप्टो करेन्सीमा साटी कारोबार गर्ने गरेका थिए।

उनले १७ करोड ७९ लाख ७० हजार ३ सय ७१ रुपैयाँ बराबरको अभौतिक मुद्रा युएसडीटी क्रिप्टो कारोबार गरेको प्रहरीले जनाएको छ।

प्रहरीले उनको साथबाट क्रिप्टो कारोबारमा प्रयोग भएको थान ३ मोबाइल र अन्तर्राष्ट्रिय एक्सप्रेस लेखिएको रकम पठाउन प्रयोग गरिने कागजातहरू बरामद गरेको छ।

उनलाई नियन्त्रणमा लिई काठमाडौं जिल्ला अदालतबाट ५ दिनको म्याद थप अनुमति लिई अनुसन्धान कार्य भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित: २० चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार