टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

  • Technology Khabar | २० चैत्र २०८२, शुक्रबार
टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरणको मुद्दा दायर

काठमाडौं ।

तुलसा कलेक्सनको नामले चर्चित टिकटकर तुल्सा अधिकारीसहित ६ जनाविरुद्ध सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ।

जिल्ला सरकारी वकिल कार्यालय ललितपुरले सामाजिक सञ्जालमा सक्रिय अधिकारीलाई बिहीबार जिल्ला अदालत ललितपुरमा हुण्डीबाट पठाई र पठाउन लगाई सम्पत्ति शुद्धीकरणको कार्य गरेको दाबी गर्दै अभियोगपत्र दर्ता गरेको हो।

अधिकारीसहित सपना वली, निलिका लामिछाने, प्रेमनाथ बस्याल, प्रयास पोखरेल र गंगा अधिकारी सुवेदीविरुद्ध सम्पत्ति शुद्धीकरणमा मुद्दा दर्ता भएको हो।

हुन्डीसम्बन्धी कसूरसमेतका सम्बद्ध कसूरबाट आर्जित सम्पत्तिको गैरकानुनी स्रोतको रूपान्तरण, हस्तान्तरण तथा कसुरबाट प्राप्त सम्पत्तिको सही प्रकृति, स्रोत, स्थान, कारोबार अधिकार र स्वामित्व बदल्ने एवं लुकाउने लगायतका कार्य गरेको अधिकारीमाथि आरोप छ। उनलाई २१ करोड १२ लाख २० हजार ४ सय ६ बिगो कायम गरी सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) निवारण ऐन,२०६४ (संशोधन सहित) को दफा ३ को उपदफाअनुसार सजायको माग गरिएको छ।

अधिकारीसँग ६ करोड ५२ लाख २९ हजार रुपैयाँ बराबर क्षतिपूर्ति पनि मागदाबी गरिएको छ।

प्रकाशित: २० चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार