
काठमाडौं ।
रेडमी के९० अल्ट्राको गत फेब्रुअरीमा स्पेसिफिकेशन लीक भएको थियो र अब लन्च अघि चीनमा डिभाइसले अनिवार्य ३सी प्रमाणीकरण प्राप्त गरेको छ।
यो डिभाइसले १००वाट फास्ट वायर्ड चार्जिङलाई समर्थन गर्ने पुष्टि भएको छ। रेडमी के९० अल्ट्राको २६०४एफआरके१ईसी मोडेल नम्बर हुने विश्वास गरिएको छ।
रेडमी के९० अल्ट्राको पूर्ववर्ती रेडमी के८० अल्ट्रा गत वर्षको जुनमा लन्च गरिएको थियो। त्यसैले के९० अल्ट्रा आगामी जुनमा आधिकारिक रूपमा सार्वजनिक हुने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
अघिल्ला अफवाहहरू अनुसार, डिभाइसमा १६५ हर्ज रिफ्रेस रेट र “१.५के” रिजोल्युसन भएको ६.८–इन्च”को स्क्रिन, मिडियाटेक डाइमेन्सिटी ९५०० एसओसी र ८,५०० एमएएच ब्याट्री हुनेछ। साथै रेडमी के९० अल्ट्रामा मेटलको फ्रेम, अल्ट्रासोनिक इन–डिस्प्ले फिङ्गरप्रिन्ट स्क्यानर र बिल्ट–इन कूलिङ फ्यानङपनि अुने अपेक्षा गरिएको छ।
प्रकाशित: २० चैत्र २०८२, शुक्रबार