अनर प्ले ८० प्रो आधिकारिक रुपमा अनावरण; फोनमा ७,००० एमएएच ब्याट्री समावेश

  • Technology Khabar | २० चैत्र २०८२, शुक्रबार
अनर प्ले ८० प्रो आधिकारिक रुपमा अनावरण; फोनमा ७,००० एमएएच ब्याट्री समावेश
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

अनरले प्ले ८० प्रो चीनमा आधिकारिक रुपमा अनावरण गरिएको छ। यो फोनमा ७२०×१६१० रिजोल्युसन, ८५०–निट पीक ब्राइटनेस र ६० हर्ज रिफ्रेस रेट भएको ६.८ इन्चको एलसीडी स्क्रिन रहेको छ।

यो फोनमा फाइभजी–सक्षम स्न्यापड्रागन ६एस जेन ३ एसओसी समावेश गरिएको छ। यो डिभाइस ६/२५६जीबी, ८/२५६जीबी र १२/२५६जीबी गरी तीनओटा र्याम/स्टोरेज कन्फिगरेसनहरूमा उपलब्ध हुनेछ। इन्ट्रि–लेभल विकल्पको मूल्य १,८९९ चिनियाँ युआन (२७५ अमेरिकी डलर), मिड–इण्ड विकल्पको मूल्य २,०९९ चिनियाँ युआन (३०४ अमेरिकी डलर) र शीर्ष संस्करणको मूल्य २,२९९ चिनियाँ युआन (३३३ अमेरिकी डलर) कायम गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अनर प्ले ८० प्रो नीलो, सेतो र कालो रङ्गमा उपलब्ध हुनेछ। डिभाइसको मापन १६६.८९ × ७६.८ × ८.२४ एमएम र तौल २०७ ग्राम रहेको छ। यो फोन अनरको म्याजिकओएस ९ माथि एन्ड्रोइड १५ मा चल्छ। अनर प्ले ८० प्रोमा ५० मेगापिक्सेलको रियर क्यामरा र ५ मेगापिक्सेलको फ्रन्ट–फेसिङ क्यामराको साथ ७,००० एमएएच ब्याट्री समावेश गरिएको छ। यो डिभाइस डस्ट (धुलो) र स्प्ल्यास प्रतिरोधको लागि आईपी६५ प्रमाणित गरिएको छ।

प्रकाशित: २० चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...