
काठमाडौं ।
आईकूले आईकू १५ को नयाँ रङ भेरियन्टमा आईकू १५ एपेक्स एडिसन भारतमा प्रस्तुत गरेको छ। यो डिभाइसको विशेषता भनेको डिभाइसको रियर प्यानल डिजाइन भएको बताइएको छ र अन्य स्पेसिफिकेसनहरू भने स्ट्याण्डर्ड मोडेलबाट अपरिवर्तित रहेका छन्।
आईकू १५ एपेक्स एडिसनको मूल्य १२जीबी/२५६जीबी भेरियन्टको लागि ७२,९९९ भारतीय रुपैयाँ (७८० अमेरिकी डलर) कायम गरिएको छ भने १६जीबी/५१२जीबी मोडेलको मूल्य ७९,९९९ भारतीय रुपैयाँ (८६० अमेरिकी डलर) रहेको छ। यो डिभाइस अप्रिल ५ देखि भारतमा बिक्रीको लागि उपलब्ध हुने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
आईकूका अनुसार पछाडिको प्यानलमा होलोग्राफिक इमेजिङ–आधारित डायनामिक इन्क वाश पेन्टिङ डिजाइन रहेको छ।
फोनमा स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसीको साथमा १४४हर्ज रिफ्रेस रेट र २के+ रिजोल्युसनको साथ ६.८५ इन्चको सामसङ एम१४ एलटीपीओ डिस्प्ले रहेको छ। यो डिभाइसमा ५० मेगापिक्सेलको ट्रिपल रियर क्यामरा सेटअपले रहेको छ।
उक्त क्यामरा सेटअपमा ३× अप्टिकल जुम भएको पेरिस्कोप टेलिफोटो लेन्स पनि समावेश छ। यो डिभाइसमा १०० वाट वायर्ड र ४० वाट तार बिनाको चार्जिङको लागि समर्थन सहित ७,००० एमएएच ब्याट्री पनि छ।
प्रकाशित: २० चैत्र २०८२, शुक्रबार