
काठमाडौं ।
ओप्पोले फाइन्ड एक्स९ अल्ट्राको लन्च मितिको बारेमा आधिकारिक रूपमा पुष्टि गरेको छ। ओप्पो फाइन्ड एक्स९ अल्ट्रा चीनका साथै विश्वव्यापी बजारहरूमा डेब्यू हुनेछ र कम्पनीले चीनमा अल्ट्रा मोडेलसँगै फाइन्ड एक्स९एस प्रो पनि अनावरण गर्ने तयारी गरेको छ।
ओप्पो फाइन्ड एक्स९ अल्ट्रा अप्रिल २१ मा चीन र चयन गरिएका विश्वव्यापी बजारहरूमा लन्च गरिने छ। त्यसैगरी, सोही दिन अनावरण गरिने फाइन्ड एक्स९एस प्रो हाल चिनियाँ बजारमा मात्र विशेष रहने अपेक्षा गरिएको छ।
ओप्पोले आफ्नो आगामी फाइन्ड एक्स९ अल्ट्रा फ्ल्यागशिपको बारेमा धेरै विवरणहरू साझा गरेको छैन। तर डिभाइसले कस्टम ५० मेगापिक्सेल सामसङ जेएनएल फ्युजन सेन्सरको साथ १०× पेरिस्कोप टेलिफोटो क्यामरा प्रदान गर्ने थाहा हुन आएको छ। त्यसैगरी डिभाइसले टिजर तस्बिरमा देखिए जस्तै पुनः डिजाइन गरिएको रियर क्यामरा मोड्युल पनि प्रदान गर्नेछ।
यो ह्यान्डसेटमा १४४ हर्ज रिफ्रेस रेट भएको ६.८२ इन्चको एएमओएलईडी डिस्प्ले, स्न्यापड्रागन ८ एलिट जेन ५ एसओसी, ७,०५० एमएएच ब्याट्री र डुअल २०० मेगापिक्सेल रियर क्यामरा हुने हल्ला छ।
कम्पनीले फाइन्ड एक्स९एस प्रोको बारेमा प्रमुख विवरणहरू पनि खुलासा गरेको छ यो ह्यान्डसेटमा २०० मेगापिक्सेल मुख्य क्यामरा र २०० मेगापिक्सेल पेरिस्कोप टेलिफोटो समावश गरिने छ।
साथै फाइन्ड एक्स९एस प्रोमा ६.३२ इन्चको ओएलईडी डिस्प्ले, डाइमेन्सिटी ९५०० एसओसी र ७,००० एमएएच ब्याट्री प्रदान गर्ने अपेक्षा गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: २० चैत्र २०८२, शुक्रबार