
काठमाडौं ।
टेस्लाले आधिकारिक रूपमा आफ्नो प्रतिष्ठित टेस्ला मोडेल एस र टेस्ला मोडेल एक्स मोडेलहरूको उत्पादन बन्द गर्ने पुष्टि गरेको छ भने खरीकर्ताहरूलाई स्टक सकिनु अघि नै छिटो कदम चाल्न आग्रह पनि गरेको छ।
अमेरिकाका ग्राहकहरूलाई पठाइएको इमेलमा कम्पनीले वर्षौंदेखिको समर्थनको लागि धन्यवाद दिएको र यो कदम स्वायत्त प्रविधिहरूतर्फको नयाँ रणनीतिसँग जोडिएको संकेत गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।
२०१२ मा प्रस्तुत गरिएको मोडेल एस आफ्नो उच्च प्रदर्शन र इन्स्ट्याण्ट एक्सलिरेसनको कारणले विद्युतीय सवारी साधन युगलाई गम्भीर बनाउने कारहरू मध्ये एक मानिन्छ।
त्यसैगरी, २०१५ मा लञ्च गरिएको मोडेल एक्स आफ्नो अद्वितीय “फाल्कन विङ्ग” डोर्स र फ्फमली स्पेस प्रविधिको संयोजनको लागि छुट्टै पहिचान बनाएको थियो।
लुसिड एयर, पोर्श टेकन जस्ता मोडेलहरूका साथै रिभियन आर१एस र हुन्डाई आयोनिक ९ जस्ता इलेक्ट्रिक एसयूभीहरूसँग प्रतिस्पर्धा उल्लेखनीय रूपमा बढेको बेला टेस्लाको यो निर्णय आएको हो।
कम्पनीले परम्परागत कार निर्माताभन्दा बाहिर आफूलाई रूपान्तरण गर्ने लक्ष्य राख्दै टेस्ला साइबरक्याब रोबोट्याक्सी र अप्टिमस ह्युमनोइड रोबोट जस्ता नयाँ परियोजनाहरूमा आफ्नो ध्यान केन्द्रित गर्ने अपेक्षा गरिएको छ।
प्रकाशित: १९ चैत्र २०८२, बिहीबार