
काठमाडौं ।
गुगलले अब प्रयोगकर्तालाई आफ्नो जीमेल एड्रेसमा @gmail.com भन्दा पहिलेको भाग परिवर्तन गर्न दिने भएको छ। हाल अमेरिकामा मात्र उपलब्ध रहेको यो सेवा निकट भविष्यमा अन्य देशहरूमा पनि उपलब्ध हुने आशा गरिएको छ।
कम्पनीले क्विक भिडियो प्रकाशित गर्दै के गर्न भनेर आवश्यक पर्ने चरणहरुको बारेमा उल्लेख गरेको छ।
यसका लागि आफ्नो गुगल एकाउण्ट सेटिङहरूमा गएर पर्सनल इन्फो त्यसपछि इमेल र गुगल एकाउण्ट इमेल ट्याप गर्नु पर्नेछ। त्यसपछि तपाईंले “चेञ्ज गुगल एकाउण्ट इमेल” (गुगल एकाउण्टको इमेल परिवर्तन गर्नुहोस्) भन्ने ठूलो नीलो बटन देखा पर्नेछ। त्यसलाई ट्याप गर्दै नयाँ इमेल चयन गर्न सकिनेछ।
प्रयोगकर्ताले प्रतिस्थापन गर्ने आफ्नो मूल जीमेल एड्रेस तिनीहरुको आफ्नो एकाउण्टमा वैकल्पिक रूपमा रहनेछ र प्रयोगकर्तालाई उक्त एड्रेसमा अन्य प्रयोगकर्ताहरुले अझै पनि इमेल गर्न सक्नेछन्।
प्रयोगकर्ताले यो परिवर्तन प्रत्येक १२ महिनामा एक पटक मात्र गर्न सक्नेछन्। त्यसैले प्रयोगकर्ताले नयाँ इमेल एड्रेस राम्रोसँग चयन गर्न आग्रह गरिएको छ। अन्यथा उक्त इमेल एड्रेसलाई फेरि परिवर्तन गर्न लामो समय पर्खनु पर्नेछ।
यो गुगल रोलआउट भएको हुनाले सबै एकाउण्टहरूमा पुग्न केही समय लाग्न सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: १९ चैत्र २०८२, बिहीबार