
काठमाडौं ।
नेपालमा एटीएम मेशिनको आयात प्रत्येक महिना बढ्दो मात्रामा रहेको पाइएको छ।
भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को फागुन महिनासम्मको वैदेशिक व्यापारको तथ्याङ्क अनुसार नेपालमा १ हजार २३ थान एटीएम मेशिन आयात भएको छ।
उक्त अवधिसम्म आयात भएको १ हजार २३ थान एटीएम मेशिनका लागि देशबाट १ करोड ३९ लाख ७० हजार रुपैयाँ बाहिरिएको छ।
सरकारले उक्त परिमाणको एटीएम मेशिन आयातबाट यो अवधिमा ४१ लाख ८५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ। भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा छिमेकी चीन र भारतसहित कतार, यूएई र संयुक्त राज्य अमेरिकाबाट एटीएम मेशिन आयात भएको छ।
यो अवधिमा सबैभन्दा बढी भारतबाट १ करोड २९ लाख ७७ हजार बराबरको ७०३ थान तथा चीनबाट ८२ हजार बराबरको ३१३ थान एटीएम मेशिन आयात भएको छ।
यस्तै कतारबाट १ हजार बराबरको ५ थान, यूएईबाट मूल्य उल्लेख नभएको १ थान र संयुक्त राज्य अमेरिकाबाट ९ लाख ११ हजार बराबरको एक थान एटीएम मेशिन नेपाल भित्रिएको तथ्याङ्कले देखाएको छ।
यस्तो छ तथ्याङ्क
| क्र सं | देश | विवरण | रकम |
| १ | चीन | ३१३ | ८२ |
| २ | भारत | ७०३ | १२९७७ |
| ३ | कतार | ५ | १ |
| ४ | यूएई | १ | ० |
| ५ | अमेरिका | १ | ९११ |
प्रकाशित: १९ चैत्र २०८२, बिहीबार