प्रेस काउसिन्लद्वारा ‘एनपिएलप्रेस डटकम’ लाई कारबाही

  • Technology Khabar | १७ चैत्र २०८२, मंगलवार
प्रेस काउसिन्लद्वारा ‘एनपिएलप्रेस डटकम’ लाई कारबाही

काठमाडौं ।

प्रेस काउन्सिल नेपालले पत्रकार सुरज खड्काले सञ्चालन गरेको अनलाइन ‘एनपिएलप्रेस डटकम’लाई कारबाही गरेको छ।

क्यामरा बोकेर अनुमतिबिना निजी र सार्वजनिक कार्यालयमा गई दुव्र्यवहार गर्ने गरेको उजुरी काउन्सिललमा परेपछि सो अनलाइनलाई आज सूचीकरणबाट हटाएको छ।

साथै काउन्सिलले पत्रकार खड्काको प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्राचार गरेको काउन्सिलका अनुगमन अधिकृत महेन्द्रराज सिंहले जानकारी दिए।

काउन्सिलले भनेको छ, “एनपिएल प्रेस डटकमलाई मिति २०८२/११/०८ गतेको निर्णयअनुसार अवज्ञाकारी/कालोसूचीमा राखी सूचीकरणबाट हटाइएको, साथै सम्बद्ध सञ्चालक/पत्रकार (सुरज खड्का) को प्रेस पास निलम्बनका लागि सूचना तथा प्रसारण विभागमा पत्रचार गरिएको छ ।” रासस

प्रकाशित: १७ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...