

काठमाडौं ।
एक प्रतिष्ठित कम्पनीले ग्राहकहरूका लागि नयाँ र आकर्षक डिजिटल योजना ल्याउने तयारी गरिरहेको छ।
आधुनिक प्रविधिसँग जोडिएको यो योजनाअन्तर्गत ग्राहकहरूले क्युआर कोड स्क्यान गरेर विभिन्न उपहार जित्ने अवसर पाउनेछन्। यो योजनालाई अझ रोचक बनाउन कम्पनीले हाल योजनाको विस्तृत विवरण गोप्य राखिएको छ।
कम्पनीका अनुसार ग्राहकको सहभागिता बढाउने र डिजिटल अनुभवलाई अझ सहज बनाउने उद्देश्यले यो योजना ल्याउन लागिएको उल्लेख गरिएको छ।
“हामी केही नयाँ र रोमाञ्चक कुरा ल्याउँदैछौं, जसबाट ग्राहकहरूले केवल स्क्यान गरेरै मूल्यवान उपहारहरु जित्न सक्नेछन्” कम्पनी स्रोतले बताएको छ।
कम्पनीले यो योजनासम्बन्धी थप जानकारी, पुरस्कारहरूको विवरण तथा सहभागिता प्रक्रिया छिट्टै सार्वजनिक गरिने बताएको छ।
प्रकाशित: १७ चैत्र २०८२, मंगलवार