अनर एक्स९डी स्मार्टफोनको खरिदमा डीपल एस०५ जित्ने अवसर

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
अनर एक्स९डी स्मार्टफोनको खरिदमा डीपल एस०५ जित्ने अवसर

काठमाडौं ।

अनरले डीपल एस०५ जित्ने विशेष अवसरको रुपमा नेपालभर आफ्नो अहिलेसम्मकै सबैभन्दा ठूलो अभियानको अन्तिम काउन्टडाउनको घोषणा गरेको छ।

कम्पनीका अनुसार अनर एक्स९डी को प्रत्येक खरिदमा डीपल एस०५ जित्ने विशेष अवसरका लागि अब केवल ३० दिन मात्र बाँकी छ। अनर एक्स९डी को प्रत्येक खरिदमा उपलब्ध रहेको यो सीमित अवधिको अफरमार्फत ग्राहकहरूले डीपल एस०५ जित्न सक्नेछन्।

२.५ मिटर ड्रप रेसिस्टेन्स, आईपी६९के वाटर रेसिस्टेन्स र ८३०० एमएएच ब्याटीका लागि परिचित अनर एक्स९डी अब आकर्षक बन्डल अफरहरूसँगै प्रिमियम इलेक्ट्रिक एसयूभी घर लैजाने अवसरसहित प्रस्तुत गरिएको छ।

यो अभियान अवधिमा अनर एक्स९डी खरिद गर्ने ग्राहकहरूले स्टाइलिश र फ्युचरिस्टिक डीपल एस०५ जित्ने मौका पाउनुका साथै रु. १५,९९९ मूल्य बराबरको अनर च्वाइस वाच २ प्रो निःशुल्क पाउने ६ महिनाको सेवा सुविधा (एकपटक फ्रन्ट रिप्लेसमेन्ट, ब्याक रिप्लेसमेन्ट र पानीले भएको क्षतिको मर्मत) उपभोग गर्न पाउने कम्पनीको दावी छ।

अनर एक्स९डी ८जीबी र्याम + २५६जीबी स्टोरेज (रु. ५४,९९९) र १२ जीबी र्याम + २५६जीबी स्टोरेज (रु. ५९,९९९) गरी दुई भेरियन्टमा उपलब्ध छ।

यो अफर नेपालभरका सबै आधिकारिक अनर रिटेल स्टोर तथा अनलाइनमा ३० दिनसम्म मात्र मान्य रहनेछ।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...