भोडाफोन आयरल्याण्ड डीटूडी सेवा सुरु गर्ने दिशामा एक कदम अगाडि, थाल्यो परीक्षण

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
भोडाफोन आयरल्याण्ड डीटूडी सेवा सुरु गर्ने दिशामा एक कदम अगाडि, थाल्यो परीक्षण

काठमाडौं ।

भोडाफोन आयरल्याण्ड डाइरेक्ट–टू–डिभाइस (डीटूडी) सेवा सुरु गर्ने दिशामा एक कदम अगाडि बढेको छ।

भोडाफोन आयरल्याण्डले एएसटी स्पेसमोबाइलसँग मिलेर डाइरेक्ट–टू–डिभाइस मोबाइल भिडियो कल परीक्षण गरेको छ, जसले व्यावसायिक सेवा सुरु गर्ने दिशामा उसलाई अझ नजिक पुर्‍याएको छ। तर उसले आफ्ना ग्राहकका लागि सेवा कहिले सुरु गर्ने भन्नेबारे अहिलेसम्म कुनै समयसीमा भने दिएको छैन।

मोबाइल अपरेटरले स्याटेलाइट कनेक्ट यूरोप सँग सहकार्य गरिरहेको छ, जुन गत वर्ष भोडाफोन ग्रुप र  एएसटी स्पेसमोबाइलले स्थापना गरेको संयुक्त कम्पनी हो र औपचारिक रूपमा गत महिना सुरु गरिएको थियो। यो कम्पनी खुला पहुँच सेवा प्रदायकका रूपमा काम गर्ने टेलिकम साझेदारहरूको समूहमध्ये एक हो।

“सामान्य स्मार्टफोन प्रयोग गरेर आयरल्याण्डको मोबाइल नेटवर्क नभएको क्षेत्रमा गरिएको यो भिडियो कलले अन्तरिक्षमा आधारित मोबाइल कनेक्टिभिटी विस्तार गर्दै युरोपभरका मोबाइल नेटवर्क अपरेटरसँग सहकार्य अगाडि बढाउने क्रममा अर्को महत्वपूर्ण कदम प्रतिनिधित्व गर्छ,” स्याटेलाइट कनेक्ट यूरोप की प्रबन्ध निर्देशक मेरेडिथ शार्पल्सले भनिन्।

टेलिकम्स डटकमका अनुसार यो कल भोडाफोनका इन्जिनियर रोबर्ट आइभर्सले आयरल्याण्डको पश्चिमी तट नजिक पर्ने क्लेयर आइल्यान्ड, काउन्टी मेयोको मोबाइल नेटवर्क नभएको क्षेत्रबाट डब्लिनमा रहेकी भोडाफोन आयरल्याण्डकी सीईओसब्रिना कास्टलालाई गरेका थिए।

यो आयरल्याण्डको यस्तो क्षेत्र हो जहाँ डाइरेक्ट–टु–सेल सेवा सुरु भएमा विशेष फाइदा पुग्ने अपेक्षा गरिएको छ। कासाल्टाले यस कललाई “यस्तो क्षेत्रमा प्रविधिले के गर्न सक्छ भन्ने शक्तिशाली उदाहरण” भनेर वर्णन गरिन्।

एएसटी स्पेसमोबाइलर स्याटेलाइट कनेक्ट यूरोपले यसै वर्ष व्यावसायिक सेवा सुरु गर्ने लक्ष्य राखेका छन्, तर अहिलेसम्म स्पष्ट समय निर्धारण गरिएको छैन।

शार्पल्सले उल्लेख गरेअनुसार स्याटेलाइट नेटवर्क विस्तारका सन्दर्भमा एएसटी स्पेसमोबाइलअझै आफ्नो ब्लूबर्ड ७ स्याटेलाइट कक्षमा पठाउने तयारीमा छ। एकपटक प्रक्षेपण मिति सारिसकेको कम्पनीले यस महिनाभित्र आफ्नो अर्को नयाँ पुस्ताको यान अन्तरिक्षमा पठाउने लक्ष्य राखेको छ।

ब्लूबर्ड ७ प्रक्षेपण भएपछि कम्पनीले वर्षको अन्त्यसम्म ४५ देखि ६० वटा स्याटेलाइट कक्षमा पठाउने बहुप्रक्षेपण अभियान सुरु गर्नेछ। यस अन्तर्गत ब्लूबर्ड ८ देखि २९ सम्मका स्याटेलाइट विभिन्न उत्पादन चरणमा छन्।

समय बित्दै जाँदा एलईओ अपरेटरको २०२६ लक्ष्यबारे थप प्रश्न उठिरहेका छन्। तर आयरल्याण्डमा गरिएको यो भिडियो कलजस्ता परीक्षणहरूले व्यावसायिक सेवा सुरु गर्न सहयोग पुर्‍याउने अपेक्षा गरिएको छ।

भोडाफोनको दृष्टिकोणबाट हेर्दा, आयरल्याण्डमा यस प्रकारको पहिलो स्याटेलाइट भिडियो कल गरेर कम्पनीले त्यहाँको उदीयमान डाइरेक्ट–टू–सेल बजारमा आफूलाई अगाडि राख्ने प्रयास गरेको छ। यो महत्वपूर्ण छ, किनकि यो क्षेत्रमा काम गर्ने एकमात्र अपरेटर भोडाफोन होइन।

सीके हचिन्सन पनि यसको साझेदारमध्ये एक हो र उसले आयरल्याण्डमा डीटूडी सेवा विस्तार गर्ने योजना बनाएको छ। उसले यस गर्मीमा अष्ट्रिया र इटालीमा परीक्षण सुरु गर्ने लक्ष्य राखेको छ, त्यसपछि अन्य बजारमा विस्तार गर्नेछ, जसले भोडाफोन लाई आयरल्याण्डमा पहिलो सेवा प्रदायक बन्ने सम्भावना बढाउन सक्छ।

जे भए पनि बजारमा अग्रणीको रूपमा पहिचान बनाउनु विशेषगरी सीमा पार उत्तरतर्फ ओटू स्याटेलाइट सेवा पहिले नै सुरु भइसकेको अवस्थामा भोडाफोन आयरल्याण्डका लागि फाइदाजनक हुन सक्छ।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...