
काठमाडौं ।
२०२६ को जनवरी देखि फेब्रुअरी सम्ममा युरोपेली संघमा ३१२,३६९ नयाँ विद्युतीय कारहरू दर्ता भएका थिए र यो कुल बिक्रीको १८.८ प्रतिशत भएको बताइएको छ।
विद्युतीय हाइब्रिडहरूले बजारको ३८.७ प्रतिशत ओगटेको र खरीदकर्ताहरूमा सबैभन्दा लोकप्रिय विकल्प भएको बताइएको छ।
सोही अवधिमा पेट्रोल र डिजेल कारहरूको बिक्री उल्लेखनीय रूपमा घटेको र बजारको ३०.६ प्रतिशतमा झरेको छ। साथै एक वर्ष अघिको सोही अवधिमा पेट्रोल र डिजेल कारहरूको बिक्री ३८.७ प्रतिशत रहेको थियो।
विशेष गरी, पेट्रोल कारको बिक्री २३.३ प्रतिशतले घटेको छ भने डिजेलको बिक्रीमा थप गिरावटको आएको छ र दर्तामा गिरावटको कारणले गर्दा कुल नयाँ कार दर्ताको केवल ८.१ प्रतिशतको हिस्सा मात्र रहेको छ।
यी प्रवृत्तिहरूले युरोपमा यातायातको विद्युतीकरण र परम्परागत आन्तरिक दहन इन्जिनहरूमा निरन्तर गिरावटतर्फ स्पष्ट परिवर्तन देखाएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: १६ चैत्र २०८२, सोमबार