आईफोन १८ को सबै मोडेल र आईफोन एयर २ मा अब यी सुधारहरु आउँदै

  • Technology Khabar | १६ चैत्र २०८२, सोमबार
आईफोन १८ को सबै मोडेल र आईफोन एयर २ मा अब यी सुधारहरु आउँदै
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

एप्पलले लामो समयदेखि आईफोन १८ प्रो र आईफोन १८ प्रो म्याक्समा रहेको डाइनामिक आइल्याण्ड हटाउने हल्ला चलिरहेको थियो। तर हालै एउटा नयाँ अफवाहले भने डायनामिक आइल्याण्ड कायम गरिने दावी गरेको छ र त्यसको सट्टा आगामी आईफोनहरूमा सानो डाइनामिक आइल्याण्ड हुनेछ।

चीनमा आइस युनिभर्सबाट आएको नयाँ हल्लाले केही थप सन्दर्भ ल्याएको छ। आइस युनिभर्सका अनुसार प्रोहरूले मात्र नभएर आईफोन १८ र आईफोन एयर २ सहित सम्पूर्ण सिरिजले पनि सानो डाइनामिक आइल्याण्ड पाउने भएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

अर्कोतर्फ नयाँ मोडेलहरुको स्क्रिन किनाराहरू भने आईफोन १७, आईफोन १७ प्रो, आईफोन १७ प्रो म्याक्स र आईफोन एयरमा जस्तै रहनेछन्। त्यसैले एक मात्र (शाब्दिक रूपमा) युजर–फेसिङ सुधार डायनामिक आइल्याण्डको लागि सानो पिल आकारको होल–पञ्चमा हुनेछ।

त्यसैगरी सबै डिभाइसहरूले एप्पल–ल्याण्डको परम्परा जस्तै चिप अपग्रेड पनि पाउनुपर्ने उल्लेख गरिएको छ। यो शरद ऋतुमा आईफोन १८ प्रो र प्रो म्याक्स आईफोन फोल्ड (वा आईफोन अल्ट्रा) सँगसँगै आउने हल्ला छ भने आईफोन १८ अर्को वसन्तमा आईफोन १८ई र आईफोन एयर २ सँगसँगै लन्च हुन सक्ने बताइएको छ।

प्रकाशित: १६ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार