
काठमाडौं ।
सरकारले सार्वजनिक यातायात तथा राइड शेयरिङ एपमा सुरक्षाको थप प्रबन्ध गराउने भएको छ।
सरकारले शासकीय सुधारका लागि एक सय कार्यसूची सार्वजनिक गर्दै उक्त लक्ष्य लिएको हो।
सार्वजनिक गरिएको कार्यसूचीकाअनुसार सार्वजनिक यातायातमा हुने लैङ्गिक हिंसा रोकथाम गर्न सबै सवारीसाधनमा सिसीटिभी/ड्यासक्याम जडान गरिनेछ।
यसका साथै राइड–शेयरिङ एपहरूमा एसओएस बटन अनिवार्य गरी आकस्मिक तथा खतराको सूचना प्रहरीसम्म तत्काल पुग्ने व्यवस्था मिलाउने कार्य ३० दिनमा सम्पन्न गर्ने योजनाा लिएको छ।
प्रकाशित: १५ चैत्र २०८२, आईतवार