सन् २०२५ मा विश्वव्यापीरुपमा मोबाइल वालेटमार्फत हुने कारोबार २ ट्रिलियन अमेरिकी डलर नाघ्यो

  • Technology Khabar | १५ चैत्र २०८२, आईतवार
सन् २०२५ मा विश्वव्यापीरुपमा मोबाइल वालेटमार्फत हुने कारोबार २ ट्रिलियन अमेरिकी डलर नाघ्यो

काठमाडौं ।

जीएसएमएले सार्वजनिक गरेको सन् २०२६ को ‘मोबाइल मनी’ सम्बन्धी स्टेट अफ इन्डस्ट्री रिपोर्ट अनुसार, सन् २०२५ मा विश्वव्यापी ‘मोबाइल मनी’ अर्थात मोबाइल वालेटमार्फत हुने कारोबार २ ट्रिलियन अमेरिकी डलर नाघेको छ, जसले हालैका वर्षहरूमा मोबाइल मनी लेनदेनको तिब्रगतिको वृद्धिलाई प्रकाश पार गर्दछ।

मोबाइल मनी कारोबार १ ट्रिलियन अमेरिकी डलर नाघ्न २० वर्ष लाग्यो, र अब केवल चार वर्षमा दोब्बर भएको छ।

२५ वर्षअघि सुरु भएदेखि नै, मोबाइल मनी अब विश्वभरका सेवाबाट वञ्चित जनसंख्याका लागि मुख्यधाराको वित्तीय सेवा बनेको छ। यसले परम्परागत बैंकिङ सेवाहरूमा पहुँच नभएकाहरूलाई सशक्त बनाउँछ र मोबाइल मनी भएका देशहरूको आर्थिक वृद्धिमा योगदान पुर्याउँछ।

प्रतिवेदनकाअनुसार सन् २०२५ मा मोबाइल मनीको पहुँच २.३ अर्ब दर्ता खाताहरूमा पुगेको छ, जुन २६ करोड ८० लाखले बढेको छ।

जीएसएमएका महानिर्देशक विवेक बद्रीनाथले टिप्पणी गरे: “मोबाइल मनी विश्वको सबैभन्दा प्रभावकारी वित्तीय सेवाहरू मध्ये एक बनेको छ। पैसा आदान प्रदानको लागि सरल तरिकाको रूपमा सुरु भएको यो सेवा विश्वव्यापी वित्तीय पारिस्थितिक प्रणालीमा विकसित भएको छ, जसले करोडौं मानिसहरूले आफ्नो वित्तीय जीवन कसरी व्यवस्थापन गर्छन् भन्ने कुरालाई पुन: आकार दिइरहेको छ।”

प्रकाशित: १५ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार