यस्तो छ नेपाल टेलिकमको सिस्टम र सेवा देशभर डाउन हुनुको कारण

  • Technology Khabar | १४ चैत्र २०८२, शनिबार
यस्तो छ नेपाल टेलिकमको सिस्टम र सेवा देशभर डाउन हुनुको कारण

काठमाडौं ।

नेपाल टेलिकमको सिस्टममा रहेको कोर र एक्सेस राउटरमा पावर सप्लाईमा समस्याको कारण देशभर सिस्टम डाउन खुलासा भएको छ।

नेपाल टेलिकमको सिस्टम केहि समयअघि डाउन भएकोमा हाल सञ्चालनमा आएको छ। तर अझै पूर्णरुपमा सेवा सुचारु भएको देखिँदैन्।

शुरुवातमा कम्पनीको एफटीटीएच सेवामा मात्र समस्या देखिएकोमा सिस्टमनै केहि समय डाउन भएको थियो। कम्पनीका ग्राहकहरुले आफ्नो मोबाइल नेटवर्क तथा इन्टरनेट सेवा नचलेको गुनासो गरेका छन्।

कम्पनीको एफटीटीएच सेवा उपत्यकाका धेरै स्थानमा डाउन भएको बताईएको छ। नयाँ बानेश्वर क्षेत्रमा पुरै सेवा डाउन भएको उक्त क्षेत्रमा रहेका एक ग्राहकले बताए भने भक्तपुर क्षेत्रमा पनि मोबाइल र एफटीटीएच सेवा ठप्प भएको थियो।

यसैबीच नेपाल टेलिकमको केहि नम्बरहरुमा समेत सम्पर्क नहुने समस्या देखिएको थियो भने केहि नम्बरमा पटक पटक कल गरेपछि मात्र सम्पर्क हुने समस्या अझैपनि देखिएको छ। केहिले भने मोबाइलमा सिग्नलनै नदेखिने समस्या भएको बताए।

नेपाल टेलिकमका प्रवक्ता रविन्द्र मानन्धरले सिस्टम केहि समय मात्र डाउन भएको र अहिले सञ्चालनमा आएको जानकारी दिए।

“हाम्रो कोर र एक्सेस राउटरमा पावर ट्रिपिङ्ग भएको रहेछ त्यसले गर्दा सिस्टममा समस्या आएको हो। अहिले सुचारु भईसकेको छ,” उनले भने, “किन यस्तो भयो र कति समयसम्म समस्या देखियो लगायतका जानकारी अध्ययन गर्दैछौं।”

उनले टेलिकमका प्राविधिकहरु यसमा काम गरिरहेको र पछि थप रिपोर्ट आउने बताए।

प्रकाशित: १४ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...