विन्डोजको लागि सामसङ ब्राउजर अब बिटा बाहिर उपलब्ध

  • Technology Khabar | १४ चैत्र २०८२, शनिबार
विन्डोजको लागि सामसङ ब्राउजर अब बिटा बाहिर उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

विन्डोजमा बिटा प्रस्तुत गरेको पाँच महिना पछि सामसङले सामसङ ब्राउजरको स्थिर संस्करण जारी गरेको छ। यो विन्डोज १० (संस्करण १८०९ वा सो भन्दा माथि) र विन्डोज ११ मा स्थापना गर्न सकिने छ। चयन गरिएका बजारहरूमा सीमित गरिएको बिटा भेरियन्टको विपरीत यो ३०.०.०.९५ संस्करण विश्वव्यापी रूपमा उपलब्ध हुनेछ।

अपेक्षा गरिए जस्तै सामसङ ब्राउजरले सिमलेस क्रस–डिभाइस र क्रस–प्लेटफर्म निरन्तरता प्रदान गर्दछ भने सामसङ पास इन्टिग्रेसनमार्फत बुकमार्कहरूका साथै ब्राउजिङ हिस्ट्रिदेखि सेटिङहरू र पासवर्डहरू जस्ता पर्सनल डाटा सम्मका सबै कुरा सिङ्क गर्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

तर त्यो ब्राउजरको केन्द्रबिन्दु सुविधा नभएको बताइएको छ। सबै ब्राउजरहरूमा डिभाइसहरूभर डीप सिङ्क हुने बताइएको छ। ब्राउजरमा नै बेक्ड गरिएको एजेन्टिक क्षमताहरू भएको पप्र्लेक्सिटी एआई सामसङ ब्राउजरलाई अद्वितीय बनाउने कुरा भएको उल्लेख गरिएको छ।

सामसङले एन्ड्रोइडमा ग्यालेक्सी एआई भन्दा बाहिर पप्र्लेक्सिटी एआईसँगको आफ्नो साझेदारी विस्तार गरेको छ। ब्राउजरले ब्राउजरमा रहेका एआई सुविधाहरूको प्रशस्तता प्रदान गर्ने बताइएको छ। यो सुविधाले वेबपेजलाई संक्षेप गर्न, त्यसलाई अनुवाद गर्न र कार्यहरूको श्रृंखला तयार गर्न सक्ने उल्लेख गरिएको छ। उदाहरणका लागि, प्रयोगकर्ताले खोलेका ट्याबहरूको आधारमा योजना बनाउन वा अनुसन्धान गर्नको लागि आग्रह गर्न सक्ने बताइएको छ।

ब्राउजर भित्र सर्चले प्राकृतिक भाषाको साथ काम गर्नेछ। प्रयोगकर्ताले पप्र्लेक्सिटी एआईलाई खोजिरहेको कुराको बारेमा व्याख्या गरेर आफ्नो ब्राउजिङ हिस्ट्रि सर्च गर्न सक्नेछन्।

सामसङका अनुसार ब्राउजरले भिडियोहरू भित्रको सन्दर्भ बुझ्न सक्ने र प्रयोगकर्ताले खोजिरहेको कुराको बारेमा व्याख्या गरेर एआईलाई एक विशेष खण्डमा रिवाइन्ड गर्नको लागि भन्न सकिने छ।

 

प्रकाशित: १४ चैत्र २०८२, शनिबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार