बालबालिकालाई अश्लील सामग्री पहुँच गर्न दिएको आरोपमा पोर्नहबलगायतका साइटलाई यूरोपेली आयोगले जरिवाना गर्ने

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
बालबालिकालाई अश्लील सामग्री पहुँच गर्न दिएको आरोपमा पोर्नहबलगायतका साइटलाई यूरोपेली आयोगले जरिवाना गर्ने

काठमाडौं ।

यूरोपेली आयोगले पोर्नहब,स्ट्रिपच्याट, एक्सएनएक्सएक्स र एक्सभिडियोजलाई बालबालिकालाई अश्लील सामग्री पहुँच गर्न दिएको भन्दै युरोपेली संघका प्रविधि नियम उल्लंघन गरेको आरोप लगाएको छ, जसका कारण यी कम्पनीहरूलाई ठूलो जरिवाना हुन सक्ने नियामकहरूले बिहीबार बताएका छन्।

यो आरोप १० महिनासम्म चलेको अनुसन्धानपछि लगाइएको हो, जुन युरोपेली संघको डिजिटल सर्भिसेज एक्ट अन्तर्गत गरिएको थियो, जसले ठूला अनलाइन प्लेटफर्महरूलाई अवैध र हानिकारक सामग्री नियन्त्रण गर्न थप जिम्मेवार बनाउँछ।

युरोपेली प्रविधि प्रमुख हेना भिर्कुनेनले एक वक्तव्यमा भनेकी छन्, “बालबालिकाहरू अझै कम उमेरमै वयस्क सामग्रीमा पहुँच गरिरहेका छन् र यी प्लेटफर्महरूले नाबालिगहरूलाई सेवा प्रयोग गर्न नदिन बलियो, गोपनीयता सुरक्षित गर्ने र प्रभावकारी उपायहरू लागू गर्नुपर्छ।”

डिजिटल सर्भिसेज एक्ट कार्यान्वयन गर्ने जिम्मेवारी पाएको यूरोपियन कमिशनले कम्पनीहरूले आफ्ना सेवामा बालबालिकाको पहुँचबाट हुने जोखिम मूल्यांकन गर्न निष्पक्ष र विस्तृत विधि प्रयोग नगरेको जनाएको छ।

नियामकले आइलो फ्रीसाइट् स्वामित्वमा रहेको पोर्नहब, साइप्रसको टेक्नियसको सहायक स्ट्रिपच्याट, चेक कम्पनी एनकेएल एसोसपयट्स स्वामित्वमा रहेको एक्सएनएक्सएक्स र वेबग्रुप चेक रिपब्लिक अन्तर्गतको एक्सभिडियोजलाई नाबालिगहरूमाथिको सामाजिक जोखिमभन्दा आफ्नो प्रतिष्ठाप्रति बढी चिन्तित भएको आरोप पनि लगाएको छ।

नियामकले प्रयोगकर्ताले आफू १८ वर्षभन्दा माथि भएको पुष्टि गरेर सजिलै प्लेटफर्म प्रयोग गर्न दिने स्व-घोषणा प्रणालीमाथि पनि आपत्ति जनाएको छ। यसका साथै पेज ब्लर गर्ने र चेतावनी देखाउने जस्ता उपायहरू पनि बालबालिकालाई साइट पहुँच गर्नबाट रोक्न प्रभावकारी नभएको बताइएको छ।

आयोगले पोर्नहब,स्ट्रिपच्याट, एक्सएनएक्सएक्स र एक्सभिडियोजले बालबालिकालाई हानिकारक सामग्रीबाट जोगाउन गोपनीयता सुरक्षित गर्ने उमेर प्रमाणीकरण प्रणाली लागू गर्नुपर्ने बताएको छ।यदि डिजिटल सर्भिसेज एक्ट उल्लंघन गरेको ठहरिएमा कम्पनीहरूले आफ्नो विश्वव्यापी वार्षिक आम्दानीको ६ प्रतिशतसम्म जरिवाना तिर्नुपर्ने जोखिम रहेको आयोगले जनाएको छ।

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार