फागुन मसान्तसम्म १६ करोड रुपैयाँभन्दा बढीको साढे ६६ हजारमाथि स्मार्ट वाच आयात

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
फागुन मसान्तसम्म १६ करोड रुपैयाँभन्दा बढीको साढे ६६ हजारमाथि स्मार्ट वाच आयात

काठमाडौं ।

नेपालमा चालु आर्थिक वर्ष २०८२/८३ को आठौं महिना फागुन मसान्तसम्म साढे १६ करोडभन्दा बढीको स्मार्ट वाच आयात भएको छ। भन्सार विभागले हालै सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्मको वैदेशिक व्यापारको तथ्याङ्कमा यस्तो उल्लेख छ।

यो अवधिमा १६ करोड ३६ लाख ५९ हजार बराबरको ६६ हजार ८६७ थान स्मार्ट वाच आयात भएको छ।

चालु आर्थिक वर्षको आठौं महिना मंसिर मसान्तसम्म स्मार्ट वाचका लागि ९ करोड ७० लाख रुपैयाँ हाराहारी देशबाहिर जाँदा सरकारले २ करोड ९२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन गरेको छ।

भन्सार विभागको तथ्याङ्क अनुसार यो अवधिमा नेपालमा विश्वका २० मुलुकबाट गरी ६६ हजार ८६७ थान स्मार्ट वाच आयात भएको देखिन्छ।

उक्त अवधिसम्मको आयात विवरणअनुसार सबैभन्दा धेरै ६० हजार १८८ सय थान स्मार्ट वाच चीनबाट आयात भएको छ जसको समग्र मूल्य १३ करोड १२ लाख ३६ हजार रुपैयाँ रहेको छ।

यसैगरी भारतबाट ८९ लाख ९३ हजार बराबरको ५ हजार ८६५ थान र भियतनामबाट २ करोड २४ लाख २५ बराबरको ५११ थान स्मार्ट वाच भित्रिएको छ।

यस्तो छ अन्य मुलुकको विवरण:

क्रसंदेशविवरणरकम (हजारमा)
अस्ट्रेलिया७२
बहराइन१०
क्यानडा११
चीन६०१८८१३१२३६
जर्मनी
भारत५८६५८९९३
इजरायल
कुवेत२९१९
लेबनन
१०मलेसिया
११ओमन
१२फिलिपिन्स५१
१३कतार१५
१४साउदी अरेबिया१७१२
१५ताइवान१६५
१६थाइल्याण्ड८६
१७यूएई१६२२१४
१८बेलायत२०१७०
१९अमेरिका१५१८०
२०भियतनाम५११२२४२५

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार