जगदम्बा मोटर्सको टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
जगदम्बा मोटर्सको टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु

काठमाडौं ।

टीभीएसको आधिकारिक वितरक जगदम्बा मोटर्सले बिहीबारदेखि भृकुटीमण्डपमा टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गरेको छ।

उद्घाटन दिनमा ५ सयभन्दा बढी आगन्तुकको उत्साहजनक सहभागिता देखिएको कम्पनीले जनाएको छ। आगन्तुकहरुले टीभीएसका सम्पूर्ण दुई पाङ्ग्रे सवारीहरूको अवलोकन गरे, टेस्ट राइडमा सहभागी भए तथा आफ्ना पुराना बाइक साट्ने विकल्पहरूको मूल्यांकन गरे।

ग्राहकहरूलाई तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स योजना सम्बन्धी सहयोग प्रदान गर्न विशेष परामर्श काउन्टरहरू पनि स्थापना गरिएको थियो, जसले खरिद निर्णयलाई अझ सहज र छिटो बनाएको थियो।

कार्यक्रमको उद्घाटन जगदम्बा मोटर्सका अध्यक्ष साहिल अग्रवाल तथा कार्यकारी निर्देशक अखिल गुप्ताको उपस्थितिमा सम्पन्न भयो। सो अवसरमा टीभीएस मोटर कम्पनीका कन्ट्री हेड अश्विन श्रीनिवासन, ब्रान्ड एम्बेसडर प्रदीप खड्का, राष्ट्रिय क्रिकेट खेलाडी कुशल भुर्तेल तथा विभिन्न इन्फ्लुएन्सरहरूको पनि उपस्थिति रहेको थियो।

कार्यक्रममा मनोरञ्जनात्मक गतिविधि सञ्चालन हुनेछन्। प्रत्येक दिन फरक गतिविधिहरू प्रस्तुत गरिनेछ—लाइभ स्टन्ट शो, जिमखाना च्यालेन्ज, अन्तरक्रियात्मक खेल, स्थलमै हुने विभिन्न एक्टिभेसन, फूड स्टलहरू तथा निरन्तर टेस्ट राइड सत्रहरू जसले आगन्तुकहरूलाई हरेक दिन नयाँ र आकर्षक अनुभव प्रदान गर्नेछ। साथै, याबी द गोट र DJ MXNISH को लाइभ प्रस्तुतिले कार्यक्रमलाई अझ रोमाञ्चक बनाउनेछ।

कार्यक्रमका मुख्य आकर्षणहरू:

• उद्घाटन दिनमा ५०० भन्दा बढी सहभागिता
• कम्युटर, प्रिमियम तथा इलेक्ट्रिक सेग्मेन्टका सम्पूर्ण पोर्टफोलियोको प्रदर्शन
• विशेष अफरहरू:
o रु. ८,००० भ्यालु एडिसन
o रु. ७,००० नगद छुट
o रु. ३,७१० बाट सुरु हुने ईएमआई
• बाइक एक्सचेन्ज कार्यक्रम:
o ५० भन्दा बढी रीकन्डिसन्ड बाइक कम्पनीहरूको सहभागिता
o पुराना सवारी साधनका लागि सुनिश्चित प्रतिस्पर्धात्मक मूल्यांकन
• स्थलमै हुने गतिविधिहरू: स्टन्ट शो, जिमखाना, टेस्ट राइड तथा अन्तरक्रियात्मक खेलहरू
• याबी द GOAT र DJ MXNISH को लाइभ मनोरञ्जन प्रस्तुति
• तुरुन्तै एक्सचेन्ज मूल्यांकन तथा फाइनान्स परामर्श सुविधा

जगदम्बा मोटर्सका अग्रवालले भने,“ टीभीएस ग्रेट ग्रान्ड एक्सचेन्ज एण्ड फाइनान्स कार्निभल सुरु गर्न पाउँदा हामी उत्साहित छौं र पहिलो दिनको सकारात्मक प्रतिक्रियाले हामीलाई थप हौसला दिएको छ। यस कार्यक्रमले ग्राहकहरूलाई टीभीएसको सम्पूर्ण पोर्टफोलियो अवलोकन गर्न तथा आकर्षक एक्सचेन्ज र फाइनान्स योजनाबाट लाभ लिन उत्कृष्ट अवसर प्रदान गर्दछ।”

कार्यकारी निर्देशक गुप्ताले भने,“यो कार्निभल ग्राहकहरूलाई मूल्य र सहजता दुवै प्रदान गर्ने उद्देश्यले डिजाइन गरिएको हो। चैत १६ सम्म सञ्चालन हुने यस कार्यक्रममा आगामी दिनहरूमा अझ बढी आगन्तुकहरूको स्वागत गर्न हामी उत्साहित छौं। साथै, कार्यक्रम अवधिभर नयाँ बाइक तथा स्कुटर मोडलहरू सार्वजनिक गर्ने योजना पनि रहेको छ, जसले ग्राहक अनुभवलाई अझ समृद्ध बनाउनेछ।”

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...