शाओमीले २०२५ मा १६५.२ मिलियन फोन र ४११ हजार ईभीहरू ढुवानी गर्यो : रिपोर्ट

  • Technology Khabar | १३ चैत्र २०८२, शुक्रबार
शाओमीले २०२५ मा १६५.२ मिलियन फोन र ४११ हजार ईभीहरू ढुवानी गर्यो : रिपोर्ट
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

शाओमीले आफ्नो २०२५ को वित्तीय रिपोर्ट प्रकाशित गर्दै ककुल १६५.२ मिलियन स्मार्टफोन ढुवानी गरी १८६.४ अर्ब चिनियाँ युआन आम्दानी गरेको बताएको छ।

ओमडिया तथ्याङ्कको आधारमा शाओमीको विश्वव्यापी बजार हिस्सा १३.३ प्रतिशत रहेको र लगातार पाँचौं वर्ष शीर्ष ३ मा स्थान बनाएको छ। मुख्य भूमि चीनमा ध्यान केन्द्रित गर्दै कम्पनी १६.६ प्रतिशत (अघिल्लो वर्षको तुलनामा ७ प्रतिशत अंकले बढी) को हिस्साको साथ दोस्रो स्थानमा रहेको उल्लेख गरिएको छ।

शाओमीको प्रोडक्ट मिक्स थप प्रिमियम अफरिङ्सहरू तर्फ सरेको छ। ३,००० चिनियाँ युआन (४३५ अमेरिकी डलर) वा सोभन्दा बढी मूल्यका फोनहरूले बिक्री भएका सबै शाओमी फोनहरूको २७.१ प्रतिशत ओगटेका छन् र यो नयाँ रेकर्ड भएको बताइएको छ।

त्यसैबीच, ४,०००–६,००० चिनियाँ युआन (५८०–८७० अमेरिकी डलर) को दायरामा फ्ल्यागशिप मोडेलहरूले बिक्रीको १७.३ प्रतिशत ओगटेका छन्। तुलनाको लागि, तेस्रो त्रैमासिकमा ४,०००–६,००० चिनियाँ युआन दायरा भएका फ्ल्यागशिप मोडेलहरूले बिक्रीको १८.९ प्रतिशत ओगटेका थिए।

विश्वको नक्सामा, ल्याटिन अमेरिका र दक्षिणपूर्वी एसियामा शाओमीको लोकप्रियता बढ्दै गएको छ। कम्पनी ल्याटिन अमेरिकामा १७.५ प्रतिशत र दक्षिणपूर्वी एसियामा १७.० प्रतिशत बजार हिस्साका साथ ती क्षेत्रहरूमा दोस्रो स्थानमा उक्लिएको छ।

शाओमी युरोपमा २०.३ प्रतिशत र अफ्रिकामा १२.७ प्रतिशतका साथ तेस्रो स्थानमा छ (यी संख्याहरूले क्रमशः ०.६ र १.४ प्रतिशत अंकको वृद्धिलाई प्रतिनिधित्व गर्दछ)।

ओमडियाका अनुसार, शाओमी ट्याब्लेटहरू विश्वव्यापी रूपमा शीर्ष ५ मा र मुख्य भूमि चीनमा शीर्ष ३ मा छन्। त्यसैगरी वेयरेबल्सहरूले अझ राम्रो प्रदर्शन गरिरहेको र तिनीहरू विश्वव्यापी रूपमा पहिलो स्थानमा र मुख्य भूमि चीनमा दोस्रो स्थानमा रहेको छन्। टीडब्ल्यूएस इयरबडहरू पनि त्यस्तै लोकप्रिय भएको र विश्वव्यापी रूपमा दोस्रो स्थानमा र मुख्य भूमि चीनमा पहिलो स्थानमा छन्।

इन्टरनेट अफ थिङ्गस एण्ड इन्टरनेट सर्भिसेजमा कम्पनीले आफ्नो मासिक सक्रिय प्रयोगकर्ताहरू (एमएयू) ७५ करोड भन्दा बढी रहेको रिपोर्ट गरेको छ। यो खण्डले वार्षिक रूपमा १२३.२ अर्ब चिनियाँ युआन आम्दानी उत्पन्न गरेको र २०२४ को तुलनामा १८.३ प्रतिशतले बढी बताइएको छ। साथै कुल मार्जिन २३.१ प्रतिशत रहेको र सोही अवधिमा २.८ प्रतिशत अंकले बढी भएको उल्लेख गरिएको छ।

ठूला होम अपलाइन्सेस (घरेलु उपकरणहरू) (एयर कन्डिसनर, रेफ्रिजरेटर, वाशिङ मेसिन, आदि) ढुवानीको हिसाबले अहिलेसम्मकै उच्चतम स्तरमा पुगेको र तिनीहरूबाट हुने आम्दानी २३.१ प्रतिशतले बढेको रिपोर्ट गरिएको छ।

शाओमीले ईभीहरूमा ठूलो सफलता हात पारेको छ। कम्पनीको कार डिभिजनले १०६.१ अर्ब चिनियाँ युआन (वर्षिक रुपमा २२३.८ प्रतिशतले बृद्धि) को आम्दानी उत्पन्न भएको रिपोर्ट गरेको छ।

साथै पहिलो पटक वार्षिक आम्दानी १०० अर्ब चिनियाँ युआन भन्दा माथि पुगेको बताइएको छ। कम्पनीले आफ्नो पूरा वर्षको लागि अझ राम्रो र सकारात्मक आम्दानी भएको भन्दै ०.९ अर्ब चिनियाँ युआन आम्दानी भएको रिपोर्ट गरेको छ।

२०२५ मा, शाओमीले कुल ४११,०८२ सवारी साधनहरू डेलिभरी गरेको र त्यसमध्ये १४५,११५ चौथो त्रैमासिकमा ढुवानी गरिएका थिए। मुख्य भूमि चीनमा, शाओमी एसयू७ मोडेलहरू २००,००० भन्दा बढि चिनियाँ युआन श्रेणीमा सबैभन्दा धेरै बिक्री हुने सेडानहरू थिए।

त्यसैबीच, शाओमी वाईयू७ सिरिज लगातार ७ महिनासम्म बिक्रीको हिसाबले शीर्ष मध्यम देखि ठूला आकारका एसयूभी सिरिजहरू थिए। शाओमीले २०२६ मा ५५०,००० सवारी साधनहरू डेलिभर गर्ने अनुमान गरेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १३ चैत्र २०८२, शुक्रबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार