
काठमाडौं ।
सामाजिक सञ्जाल एक्समा आज बिहिबार दिउँसो विश्वव्यापी रुपमा समस्या आएको छ। सामाजिक सञ्जाल र वेबसाइट आउटेज ट्र्याक गर्ने वेबसाइट डाउनडिटेक्टर डटकमका अनुसार एक्स आउटेजका कारण विश्वभर सेवाग्राहीले समस्या भोगेको गुनासो गरेका छन्।
वेबसाइटकाअनुसार मध्यान्ह १२ बजेपछि समस्या देखिएको छ।
नेपालमा पनि सेवाग्राहीले एक्सको प्रयोगमा समस्या भोगेका छन्।
डाउनडिटेक्टरका अनुसार अहिले करिब १० हजार भन्दा बढिले प्लेटफर्म नचलेको रिपोर्ट गरेका छन्। जसमध्ये अधिकांशले फिड/टाइमलाइनमा समस्या भोगेको देखिन्छ। एपमा ४५ प्रतिशतले सो समस्या भएको उल्लेख गरेका छन्।
पछिल्लो समय एक्स पटक पटक डाउन गरेको छ।
अहिले के कारणले डाउन भएको हो भन्ने कुनै जानकारी छैन्।
प्रकाशित: १२ चैत्र २०८२, बिहीबार