एप्पलले आईओएस २६.४ र आईप्याडओएस २६.४ जारी गर्यो

  • Technology Khabar | १२ चैत्र २०८२, बिहीबार
एप्पलले आईओएस २६.४ र आईप्याडओएस २६.४ जारी गर्यो

काठमाडौं ।

एप्पलले मंगलबार आफ्नो अपरेटिङ सिस्टमको नवीनतम संस्करणहरू जारी गरेको छ। आईओएस २६.४ एप्पल म्युजिकको लागि एआई प्लेलिस्ट जेनेरेटरको साथ आएको छ भने यो स्पोटिफाईसँग पहिले नै रहेको (र २०२४ मा लन्च गरिएको) जस्तै सुविधा हो।

प्लेलिस्ट प्लेग्राउन्ड भनिने यो सुविधाले अपेक्षा गरे जस्तै प्रम्प्टमा आधारित प्लेलिस्ट बनाउनेछ। प्रयोगकर्ताहरूले मुड, भावना, गतिविधिहरू वा अन्य प्रयोग पनि गर्न सक्नेछन्।

त्यसैगरी एम्बियन्ट म्युजिक विजेटले प्रयोगकर्तालाई एप्पलद्वारा क्युरेट गरिएको स्लीप, चिल, प्रोडक्टिभिटी र वेलबिङ प्लेलिस्टहरूबाट छनौट गर्न दिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

त्यसैगरी नयाँ इमोजीहरूमा ट्रोम्बोन, ट्रेजर चेस्ट, डिसटोेर्टेड फेस, हेयरी क्रियचर, फाइट क्लाउड, ओर्का, ल्याण्डस्लाइन्ड र ब्याले डान्सर पनि समावेश गरिएका छन्।

नयाँ सेटिङले बटनहरू ट्याप गरेर ब्राइट (उज्यालो) फ्ल्यासहरू कम गर्न दिनेछ र कारप्लेले तेस्रो–पक्ष एआई च्याटबटहरूको लागि समर्थन प्राप्त गरेको छ। यो काम गर्न ओपनएआई र गुगल जस्ता प्रदायकहरूले आफ्ना एपहरू अपडेट गर्नुपर्नेछ।

पोडकास्ट एपले एचएलएस स्ट्रिमिङको साथ नेटिभ भिडियो एपिसोड समर्थन प्राप्त गरेको छ भने हेल्थ एपमा रहेको स्लीप सुविधाले अब विगत दुई हप्ताको औसत सुत्ने समय रेकर्ड गर्नेछ र स्टोलन डिभाइस प्रोटेक्शन अब डिफल्ट (पूर्वनिर्धारित) रूपमा सक्रिय गरिनुका साथै पासवर्डहरू हेर्न र आईफोनमा लस्ट मोड बन्द गर्न बायोमेट्रिक प्रमाणीकरण आवश्यक पर्नेछ।

आईओएस २६.४ र आईप्याडओएस २६.४ मा कन्ट्रोल सेन्टरमा अफलाइन गीत पहिचान, नजिकैको कन्सर्ट सुझावहरू र एप्पल म्युजिकमा पूर्ण–पृष्ठ एल्बम आर्टवोर्क, फ्रीफर्मको लागि एप्पल क्रिएटर स्टुडियो समर्थनका साथै र छिटो टाइप गर्दा टाइप गर्ने गल्तीहरू निम्त्याउने किबोर्ड बगको समाधान पनि समावेश छ।

प्रकाशित: १२ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...