आईफोन फोल्डले डिस्प्ले क्रिज कम गर्न डुअल–लेयर ग्लास प्रयोग गर्ने चर्चा

  • Technology Khabar | १२ चैत्र २०८२, बिहीबार
आईफोन फोल्डले डिस्प्ले क्रिज कम गर्न डुअल–लेयर ग्लास प्रयोग गर्ने चर्चा

काठमाडौं ।

एप्पलको आगामी आईफोन फोल्डमा फराकिलो एसपेक्ट रेसियोको साथ न्यूनतम डिस्प्ले क्रिज हुने चर्चा बाहिरिएको छ। नयाँ लीकले अब कम्पनीले लगभग क्रिज–फ्रि डिजाइन कसरी प्राप्त गर्न सक्छ भन्ने कुराको उल्लेख गरेको छ।

फोल्डेबल आईफोनले भित्री डिस्प्लेमा क्रिज कम गर्न अल्ट्रा–थिन ग्लास (यूटीजी) वा अल्ट्रा–फोल्डेबल ग्लास (यूएफजी) को दोहोरो तहहरू प्रयोग गर्ने सम्भावना रहेको टिपस्टर डिजिटल च्याट स्टेशनले रिपोर्ट गरेका छन्।

फोनको डिस्प्ले ग्लासको तहहरू बीच राखिने रिपोर्ट गरिएको छ र हिञ्जसँग प्रत्यक्ष सम्पर्कमा नआउने बताइएको छ। यो तरिकाले समयसँगै क्रिजलाई न्यूनतम राख्दै लचिलो प्यानलको स्थायित्व सुधार गर्न सक्ने टिपस्टरले थप उल्लेख गरेको छ। फोल्डेबलमा सेल्फ–हिलिङ ग्लास र सिम नभएको हिज्ज डिजाइन रहने चर्चा पनि गरिएको छ।

गत महिना, एउटा चर्चाले आईफोन फोल्डको भित्री डिस्प्लेमा सामसङको डिस्प्लेको ०.१५ एमएम क्रिज हुने दाबी गरेको थियो। साथै फोल्डेबलले ओप्पोको फाइन्ड एन६ जस्तै डिस्प्ले प्रविधि पनि अपनाउने भनिएको थियो।

आईफोन फोल्ड सेप्टेम्बरमा घोषणा हुने अपेक्षा गरिएको छ भने अमेरिकामा डिभाइसको मूल्य १,९९९ अमेरिकी डलर र चीनमा लगभग १५,९९९ चिनियाँ युआनबाट सुरु हुन सक्ने बताइएको छ।

साथै आईफोन फोल्डमा ७.८ इन्चको भित्री स्क्रिन र ५.४९ इन्चको कभर डिस्प्ले हुने चर्चा रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

प्रकाशित: १२ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार