१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पिनट्रेस्टका प्रमुखको आह्वान

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
१६ वर्ष मुनिका बालबालिकाका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन पिनट्रेस्टका प्रमुखको आह्वान
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

पिनट्रेस्टका प्रमुख कार्यकारी अधिकृत बिल रेडीले १६ वर्ष मुनिका प्रयोगकर्ताहरूका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउन सरकारहरूलाई आह्वान गरेका छन्।

विश्वभरका राष्ट्रहरूले अनलाइनमा बालबालिकाको समय सीमित गर्ने र उमेर कसरी प्रमाणित गर्ने भन्ने तरिकाहरू लागू गर्न वा विचार गर्न थालेपछि अब यस्तो प्रतिबन्धको लागि आह्वान गर्ने केही वरिष्ठ कार्यकारी अधिकृतहरूमध्ये रेडी पनि एक भएका छन्।

बालबालिकाहरूलाई “सामाजिक सञ्जाल प्लेटफर्महरूमा फिल्टर नगरिएको पहुँच” दिइएको हुनाले आजका बालबालिकाहरू “इतिहासको सबैभन्दा ठूलो सामाजिक प्रयोग”मा बाँचिरहेका रेडीले बताएका छन्।

उनका अनुसार अनुसन्धानले फिल्टर नगरिएको पहुँचले आजका युवाहरूमा डिप्रेसन, चिन्ता र कम एकाग्रता क्षमताको स्तर बढ्दै गएको जस्ता क्षति पुर्याएको देखाएको उल्लेख गरिएको छ।

प्लेटफर्महरूले बालबालिकालाई के गर्न सक्छन् भन्ने “परिणामहरूको बारेमा पर्याप्त पूर्वविचार” नगरेको र बालबालिकाका लागि अस्ट्रेलियाको सामाजिक सञ्जालमा लगाइएको प्रतिबन्धको प्रशंसा गर्दै अन्य सरकारहरूले अस्ट्रेलियाको उदाहरण पछ्याउनु पर्ने उनले बताएका छन्।

सुर्तीजन्य र मदिरा जस्ता उद्योगहरूले लगाएका प्रतिबन्धहरू र दिशानिर्देशहरूलाई औंल्याउँदै “यस्ता नीतिहरूले सुधार गर्न सक्छन् र कहिलेकाहीं जीवन बचाउन सक्छन्” उनले भनि उल्लेख गरेको टेलिग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार