‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ चैत्र ११ गते देखि

  • Technology Khabar | ११ चैत्र २०८२, बुधबार
‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ चैत्र ११ गते देखि

काठमाडौं ।

नाडा अटोमोबाइल्स् एशोसिएशन अफ नेपालले पश्चिमाञ्चल अटोमोबाइल डिलर्स एशोशिएसन (वाडा)सँग मिलेर यही चैत्र ११ गते देखि १५ गते सम्म पोखराको लेकसाइडमा ‘दोस्रो नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६’ आयोजना गर्ने भएको छ।

प्रदर्शनीको प्रवर्द्धन पोखरा महानगरपालिकाले र व्यवस्थापन ग्लोबल एक्सपोजिसन एण्ड म्यानेजमेन्ट सर्भिसेज (जेम्स)ले गरिरहेको आयोजकले जनाएको छ।

प्रदर्शनीको पावर्डबाईमा राइड इनर्जी, इन्सुरेन्स पार्टनरमा शिखर इन्सुरेन्स, हस्पिटल पार्टनरमा दिर्घायु पोखरा हस्पिटल, टिकटिङ्ग पार्टनरमा खल्ती एप, क्यु आर पार्टनरमा युनियन पे, हस्पिटालिटी पार्टनरमा टेम्पल बेल, इन्टरनेट पार्टनरमा पोखरा इन्टरनेट, फायर सेफ्टी पार्टनरमा हिटको प्रा.लि., फर्निचर पार्टनरमा सिटिजन फर्निचर, प्रिन्टिङ्ग पार्टनरमा पोखरा क्रिएटिभ्स प्रा.लि. जस्ता प्रतिष्ठत संस्थाहरू रहेका छन् ।

यस संस्करणमा सवारी साधन खरिद बिक्री एवं यस क्षेत्रमा भइरहेका आधुनिक प्रविधि विकास बारे प्रत्यक्ष जानकारी उपलब्ध गराउनुका साथै अवलोकनकर्ताहरूलाई प्रशंसनीय सेवा प्रवाहमा जोड दिइने छ।

अटो व्यवसायको सुदृढीकरण एवं प्रवर्द्धन, क्षेत्रीय बजारमा हाम्रो सहज पहुँच तथा बढ्दो मागलाई ध्यानमा राखी नेपालमै उत्पादनको सम्भाव्यतालाई समेत समयानुकुल दिशानिर्दिष्ट गर्नका लागि आवश्यक एवं व्यवस्थित वातावरण निमार्ण गर्न यस व्यापारिक प्रदर्शनीले महत्वपूर्ण भूमिका निर्वाह गर्न सक्नेमा आयोजक विश्वस्त रहेको बताइएको छ।

क्षेत्रीय लगायतं केन्द्रमा रहेका अटो व्यवसायी समकक्षीहरूलाई एउटै छाना मुनि भेला गराई सहज व्यवसायिक वातावरण निर्माण गर्नु यो प्रदर्शनीको उदेश्य रहेको छ।

आयोजकका अनुसार विभिन्न जिल्लाहरू एवं प्रदेशहरूबाट हुने व्यवसायिक भेलाले अटो व्यवसाय प्रवर्द्धन मात्र नभई आन्तरिक पर्यटन्लाई समेत टेवा पुर्याउने छ।

साथै यस प्रदर्शनीले स्थानीय रुपमा देखिने वा महसुस गरिने विभिन्न व्यवसायिक समस्याहरूको चिनारी गर्ने तथा त्यसका सामाधानका विकल्पहरु खोज्ने साझा थलो बन्न सक्ने आयोजकहरूको विश्वास रहेको छ ।

नाडा प्रजेन्ट्स् वाडा अटो शो २०२६ मा १६ वटा ब्राण्डका ४–पाङ्ग्रे, ६ वटा ब्राण्डका लाइट कमर्शियल, १० वटा ब्राण्डका २–पाङ्ग्रे, एउटा हेभी कमर्शियल लगायत लुब्रिकेन्ट, टायर, ग्यारेज उपकरण, अन्य एशोसेरिजहरू तथा वित्तिय संस्थाहरूका २० वटा स्टलहरू रहने छन्।

यस संस्करणमा विशेष भिन्टेज कार शो तथा रोबोटहरू पनि प्रदर्शनमा राखिने छ जसमा युनीट्रि जि वान ह्युमनोइड रोबोट, युनीट्रि गो टु, चंखे जस्ता आकर्षक रोबोटहरू रहने छन्।

गण्डकी प्रदेशमा दोस्रो पल्ट हुन गइरहेको यस प्रदर्शनीमा एम्पियर, एथर, ओकवेल, बिवाइडी, चेरी वान्डा, चेतक, दीपल, डोंगफेंग, फोर्थिङ, ग्यारो, हुन्डाई, केई, कामा, किया, लिप मोटर, म्याक्सस, एमजी, न्यू गोनो, निसान, ओमोडा जैकू, प्रोटोन, रोयल एनफिल्ड, स्काइवर्थ
एसएमएल-इसुजु, सुजुकी, सुजुकी, टाटा, टिभिएस, एक्सप्रेस-टी, यामाहा, जोन्टेसजस्ता प्रख्यात ब्राण्डहरूका सवारी साधनहरुको सहभागिता रहने छ।

५ दिनसम्म चल्ने यस दोस्रो नाडा प्रेजेन्ट्स् वाडा अटो शो २०२६मा लगभग ४५००० आगन्तुकहरूले अवलोकन गर्ने विश्वासका आयोजकको रहेको छ। टिकटमा विशेष आकर्षण स्वरूप खल्ती एपबाट टिकट खरिद गर्दा प्रत्येक दिन पहिलो १०० जना साधारण टिकटमा पचास प्रतिशत तथा पहिलो १०० जना विद्यार्थी टिकटमा सय प्रतिशत फिर्ता हुने गरी यस अटो शोका क्यआर पार्टनर युनियन पेद्वारा क्यास ब्याकको व्यवस्था गरिएको छ।

प्रकाशित: ११ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...