सामसङ ग्यालेक्सी एस२६ सिरिज: क्विक सेयरमा एयरड्रप समर्थन उपलब्ध

  • Technology Khabar | १० चैत्र २०८२, मंगलवार
सामसङ ग्यालेक्सी एस२६ सिरिज: क्विक सेयरमा एयरड्रप समर्थन उपलब्ध
फोटो सौजन्यः जीएसएमएरिना

काठमाडौं ।

सन् २०२५ को नोभेम्बरमा गुगलले पिक्सेल १० सिरिजमा क्विक सेयर मार्फत एप्पल डिभाइसहरूसँग फाइलहरू सेयर गर्ने क्षमता प्रस्तुत गरेको थियो। त्यसको चार महिना पछि घोषणा गरिएको नयाँ ग्यालेक्सी एस२६ लाइनअपले पनि अब यो सुविधालाई समर्थन गर्ने भएको छ।

त्यतिबेला, एयरड्रप र क्विक सेयर इन्टरअपरेबिलिटी पुराना पिक्सेल डिभाइसहरूका साथै अन्य एन्ड्रोइड फोनहरूमा रोल आउट हुनेछ भनि गुगलले पुष्टि गरेको थियो। यो सुविधा गत महिना पिक्सेल ९ सिरिजमा आएको थियो र अब ग्यालेक्सी एस२६ लाइनअपमा विस्तार गरिने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

एक प्रेस विज्ञप्तिमा सामसङले क्विक सेयर मार्फत एयरड्रप समर्थन ग्यालेक्सी एस२६, ग्यालेक्सी एस२६+, र ग्यालेक्सी एस२६ अल्ट्रामा उपलब्ध हुने पुष्टि गरेको छ।

सेटिङ एपमा गएर कनेक्टेड डिभाइसेसमा नेभिगेट गर्दै क्विक सेयरमा ट्याप गरेर “सेयर विथ एप्पल डिभाइसेस” टगल सक्षम गरि यो सुविधा प्रयोग गर्न सकिने छ। एक पटक सक्षम भएपछि निर्बाध रूपमा एप्पल डिभाइसहरूसँग फाइलहरू सेयर गर्न सकिनेछ र तिनीहरूबाट फाइलहरू पनि प्राप्त गर्न सकिनेछ।

क्विक सेयरमा एयरड्रप सपोर्ट अन्य एन्ड्रोइड स्मार्टफोनहरूमा पनि उपलब्ध हुने भनिए तापनि त्यस बारे उचित समयरेखा उपलब्ध नभएको बताइएको छ। उल्लेखनीय कुरा के छ भने, ओप्पोले आफ्नो पछिल्लो फाइन्ड एक्स९ सिरिजले चाँडै नै यो सुविधा प्राप्त गर्ने हालै पुष्टि गरेको छ।

प्रकाशित: १० चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार