यी हुन् फागुन महिनाका टप टेन इन्टरनेट सेवा प्रदायक, कसले कति ग्राहक पुर्याए?

  • Technology Khabar | १० चैत्र २०८२, मंगलवार
यी हुन् फागुन महिनाका टप टेन इन्टरनेट सेवा प्रदायक, कसले कति ग्राहक पुर्याए?
सांकेतिक तस्विर

काठमाडौं ।

नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८२/८३ को आठौं महिना फागुन मसान्तसम्मको एमआईएस प्रतिवेदन अनुसार इन्टरनेट सेवा प्रदायक (आईएसपी) मार्फत इन्टरनेट जडान गर्नेको संख्या ३० लाख ८० हजार ६६७ पुगेको छ। यो आँकडा अघिल्लो महिना माघ मसान्तसम्म ३० लाख ६२ हजार २०४ थियो।

यस हिसाबले हेर्दा ब्रोडब्याण्ड इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक महिनामा १८ हजार ६६३ ले वृद्धि भएको छ।

नेपालमा आधिकारिक रुपमा सञ्चालनमा रहेकामध्ये ग्राहक संख्याको आधारमा नेपालको सबैभन्दा ठूलो इन्टरनेट सेवा प्रदायकको रुपमा वर्ल्डलिंक कम्युनिकेशन प्रालि रहेको छ। चालु आर्थिक वर्षको आठौं महिना अर्थात् फागुनमा पनि कम्पनीको यो साख यथावत नै छ।

विवरण अनुसार २०८२ फागुन मसान्तसम्मका  टप १० आईएसपी यसप्रकार छन्:

१. वर्ल्डलिंक कम्युनिकेशन्स लिमिटेड

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म वर्ल्डलिंक कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या १० लाख ६८ हजार ५६१ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १० लाख ६५ हजार ९९८ थियो।

२. डिश मिडिया नेटवर्क 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म डिश मिडिया नेटवर्कको ३ लाख ७९ हजार २९९ पुगेको छ। अघिल्लो महिना कम्पनीको इन्टरनेट जडान संख्या ३ लाख ७४ हजार १९० रहेको थियो।

३.  भायानेट कम्युनिकेशन प्रालि 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म भायानेट कम्युनिकेशन्सको इन्टरनेट जडान संख्या ३ लाख ५४ हजार ८९४ पुगेको छ। अघिल्लो महिना पनि कम्पनीको समग्र ग्राहक सङ्ख्या ३ लाख ६१ हजार २०४ थियो।

४. क्लासिक टेक प्रालि 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म क्लासिक टेकको इन्टरनेट जडान संख्या २ लाख ८० हजार ५४७ पुगेको छ।  अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या २ लाख ७६ हजार ६२४ थियो।

५. सुबिसु केबलनेट प्रालि 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म सुबिसु केबलनेटको इन्टरनेट जडान संख्या २ लाख ६० हजार ७२४ मा पुगेको छ। अघिल्लो महिना कम्पनीको ग्राहक सङ्ख्या २ लाख ६० हजार ६९२ थियो।

६. वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टम 

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म वेबसर्फर नेपाल कम्युनिकेशन सिस्टमको इन्टरनेट जडान संख्या १ लाख ७४ हजार २३३ मा झरेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख ७४ हजार ९३९ रहेको थियो।

७. टेकमाइण्ड्स नेटवर्क प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म टेकमाइण्ड्स नेटवर्क प्रालिको इन्टरनेट जडान संख्या १ लाख २९ हजार ७६ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख २४ हजार १४५ थियो।

८. वाइफाइ नेपाल प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म वाइफाइ नेपाल प्रालिको इन्टरनेट जडान संख्या १ लाख ६ हजार २७० मा पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या १ लाख २ हजार ९९१ थियो।

९. सिजी कम्युनिकेसन प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म सिजी कम्युनिकेसन प्रालिको इन्टरनेट जडान संख्या ८७ हजार ५३९ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ८४ हजार ९३६ थियो।

१०. ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालि

प्राधिकरणले अद्यावधिक गरेको तथ्याङ्क अनुसार २०८२ फागुन मसान्तसम्म ब्रोडलिंक नेटवर्क एन्ड कम्युनिकेशन प्रालिको इन्टरनेट जडान संख्या ५५ हजार ३८७ पुगेको छ। अघिल्लो महिना कम्पनीको समग्र ग्राहक सङ्ख्या ५५ हजार १४४ थियो।

प्रकाशित: १० चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...