हुन्डाईले १ लाख विद्युतीय कारहरू फिर्ता बोलायो

  • Technology Khabar | ९ चैत्र २०८२, सोमबार
हुन्डाईले १ लाख विद्युतीय कारहरू फिर्ता बोलायो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

हुन्डाईले विश्वभरबाट १ लाखभन्दा बढी विद्युतीय कारहरू फिर्ता बोलाइरहेको छ। कम्पनीको रिकलमा जनवरी २०१८ देखि जुलाई २०२३ सम्ममा निर्मित १०४,०११ सवारी साधनहरू प्रभावित हुने छन् भने त्यसमा कोना इलेक्ट्रिक पनि समावेश रहेको छ।

हाई–भोल्टेज ब्याट्री निगरानी गर्ने सफ्टवेयरमा समस्या देखा परेको बताइएको छ। केही अवस्थामा, प्रणालीले थर्मल इन्स्ट्याबिलिटी (अस्थिरता) को संकेतहरू प्राप्त गर्न नसक्ने भएकाले सबैभन्दा खराब अवस्थामा आगोको जोखिम बढाउन सक्ने इलेक्ट्राइभले रिपोर्ट गरेको छ। सफ्टवेयर अपडेट गर्नु यो समस्याको समाधान भएको टेलिग्राफले रिपोर्ट गरेको छ।

सेवाले ब्याट्री व्यवस्थापन प्रणाली (बीएमएस) नियन्त्रण इकाईमा अपडेट गरिएको सफ्टवेयर संस्करण स्थापना गर्नेछ।

यो सुधारमा सुरुमा नै थर्मल इन्स्ट्याबिलिटी (अस्थिरता) पत्ता लगाउनको लागि उन्नत निगरानी फङ्सन समावेश रहेको छ।

जर्मन पोर्टल पाश(दभतचष्भद का अनुसार सुरुमा हाई–भोल्टेज ब्याट्रीको व्यक्तिगत ब्याट्रीहरू बीच भोल्टेज भिन्नताहरू पत्ता लगाउन सफ्टवेयर समायोजन गरिनेछ।

रिकल पहिलो पुस्ताको कोना इलेक्ट्रिकसँग सम्बन्धित रहेको बताइएको छ। २०२३ मा लन्च गरिएको नयाँ मोडेल फरक प्रविधिमा आधारित भएकोले यो फिर्ता बोलाइएको छैन।

प्रकाशित: ९ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...

ताजा समाचार