
काठमाडौं ।
अनरले आफ्नो किफायती तर शक्तिशाली ल्यापटपहरूको लाइनअपमा नयाँ म्याजिकबुक प्रो १४ २०२६ प्रस्तुत गरेको छ।
नयाँ म्याजिकबुक प्रो १४ मा लगभग १५ इन्चको ओएलईडी डिस्प्ले, लगभग १०० वाटआवर्स ब्याट्री, १.८एनएम इन्टेल प्रोसेसर समावेश गरिएको छ भने ल्यापटपको तौल १.४ किलोग्राम भन्दा कम रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
२०२६ मोडेल जनवरीमा सीईएस २०२६ मा लन्च गरिएको इन्टेलको नवीनतम प्यान्थर लेक प्रोसेसरहरूसँग आउँछ। यो इन्टेलको १८ए आर्किटेक्चरमा बनाइएको छ र यो २एनएम क्लास नोड हो।
त्यसैगरी १६ कोर (६ पर्फर्मेन्स, ८ इफिसियन्सी, २ लो–पावर इफिसियन्सी) भएको कोर अल्ट्रा ९ २८५एच वा १२ कोर (४ पर्फर्मेन्स, ४ इफिसियन्सी, ४ लो–पावर इफिसियन्सी) भएको कोर अल्ट्रा ५ १२५एच बीच छनौट गर्न सकिने छ। दुबै प्रोसेसर ३२जीबी एलपीडीडीआर५एक्स ८४०० एमटी/एस र्याम सहितको लक गरिएको कन्फिगरेसनमा उपलब्ध हुनेछ।
ल्यापटप भित्र १टीबी एम डट २ एनभीएमई एसएसडी र अर्को कार्ड राख्नको लागि स्लट पनि रहेको छ।
ल्यापटप सेतो र खैरो रङ्गमा उपलब्ध हुन्छ। सेतो मोडेलको कम्प्युटरमा १४.६–इन्च ३ः२ आस्पेक्ट रेसियो ओएलईडी रहेको छ। ३१२०,२०८०पिक्सेल भएको टचस्क्रिन प्यानलले १०० प्रतिशत डीसीआई–पी३ समर्थन गर्ने र १२०हर्ज सम्मको रिफ्रेस रेट र ७०० निट्स पीक ब्राइटनेस रहेको छ।
सेतो मोडेलमा रहेको ९२वाटआवर्स ब्याट्रीलाई विचार गर्दा यो ल्यापटपको तौल १.३९ किलोग्राममा मात्र भएको र भारी नभएको उल्लेख गरिएको छ।
ल्यापटपको पोर्टहरूमा दुईओटा यूएसबी–सी, एउटा एचडीएमआई २.१ र बायाँ तर्फ ३.५एमएम ज्याक रहेको छ भने दायाँ तर्फ दुईओटा यूएसबी–ए छन्।
ल्यापटप बक्समा अनरको नयाँ १००वाट यूएसबी–सी चार्जर र राम्रो २एम ब्रेडेड यूएसबी–सी केबल प्राप्त गरिने छ। अनरले म्याजिकबुक प्रो १४ २०२६ को मूल्य अझै साझा गरेको छैन।
प्रकाशित: ९ चैत्र २०८२, सोमबार