टच फङ्सनहरू वास्तविक बटनभन्दा सस्ता हुन्छन: फेरारी

  • Technology Khabar | ८ चैत्र २०८२, आईतवार
टच फङ्सनहरू वास्तविक बटनभन्दा सस्ता हुन्छन: फेरारी

काठमाडौं ।

फेरारीले टच फङ्सनहरू वास्तविक बटनभन्दा सस्ता हुने स्वीकार गरेको छ।

हालका वर्षहरूमा धेरै कार निर्माता कम्पनीहरूले एसी नियन्त्रण वा अन्य इन-क्याबिन सुविधाका लागि प्रयोग हुने भौतिक बटन र कन्ट्रोल हटाउँदै ठूला टचस्क्रिन वा टच-संवेदनशील सतह प्रयोग गर्न थालेका छन्।

टेलिग्राफका अनुसार यसलाई प्रगतिका रूपमा प्रस्तुत गरिए पनि धेरै चालकहरू यससँग सहमत छैनन्। फेरारीका सीईओले सार्वजनिक रूपमा टच कन्ट्रोलहरू परम्परागत भौतिक बटनभन्दा उत्पादन गर्न धेरै सस्ता हुने स्वीकार गरेका छन्—करिब ५० प्रतिशतसम्म कम लागत लाग्ने उनले बताएका छन्।

उनका अनुसार यही कारण धेरै कम्पनीहरूले प्रयोगकर्ताका लागि कम उपयोगी भए पनि परम्परागत बटन हटाएर टच-संवेदनशील सतह प्रयोग गर्न थालेका छन्।

फेरारीले यो वास्तविकता स्वीकार गर्नुका साथै आफ्ना केही मोडेलहरू—जस्तै फेरारी पुरोसाङगे र फेरारी १२सिलिण्ड्रीमा रहेको क्यापासिटिभ स्टेयरिङ कन्ट्रोललाई फेरि परम्परागत भौतिक बटनले बदल्ने विकल्प पनि दिन थालेको छ। नयाँ मोडेलहरू जस्तै फेरारी टेस्टारोसा र फेरारी अमल्फाइमा पनि अघिल्ला मोडेलभन्दा बढी भौतिक बटन राखिएको छ।

यो कदमले प्रयोगकर्ताको प्रतिक्रिया र स्क्रिनमा आधारित कन्ट्रोलको प्रयोगसम्बन्धी आलोचनालाई ध्यानमा राख्दै लक्जरी कारहरूमा फेरि भौतिक कन्ट्रोल फर्कन सक्ने संकेत गरेको छ।

प्रकाशित: ८ चैत्र २०८२, आईतवार

तपाइको प्रतिक्रिया
Loading comments...