
काठमाडौं ।
हप्ताभरिका टिजरहरू र एमडब्ल्यूसी २०२६ को प्रदर्शन पछि भिभोले अन्ततः आफ्नो प्रमुख क्यामरा–केन्द्रित स्मार्टफोन एक्स३०० अल्ट्राको लन्च मितिको बारेमा आधिकारिक रूपमा पुष्टि गरेको छ।
कम्पनीले फोनको पछाडिको डिजाइनको पनि खुलासा गरेको छ। त्यसको अतिरिक्त, भिभोले एक्स३००एस को पहिलो झलक पनि प्रस्तुत गरेको छ। एक्स३००एस अल्ट्रासँगै अनावरण हुने उल्लेख गरिएको छ।
वेईबोको एक पोस्टमा भिभोले एक्स३०० अल्ट्रा र एक्स३००एस मार्च ३० मा चीनमा डेब्यू हुनेछन् भनि खुलासा गरेको छ।
घोषणाको साथसाथै, भिभो उत्पादन प्रबन्धक हान बोसियाओले दुबै डिभाइसहरूको पछाडिको प्यानलहरूको पहिलो झलक साझा गरेका छन्। भिभो एक्स३०० अल्ट्रा र एक्स३००एस नयाँ ‘फिल्म ग्रिन’ रङ्ग विकल्पमा देखाइएका छन् भने त्यसमा दुई–टोन फिनिश रहेको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
त्यसैगरी सुधार गरिएको लेन्स व्यवस्थाको साथ एक्स३०० अल्ट्राले एक्स३०० प्रोको जस्तै रियर क्यामरा मोड्युल प्रदान गरेको देखिन्छ। मोड्युलको तल रहेको अफवाह गरिएको ५ मेगापिक्सेल मल्टिस्पेक्ट्रल सेन्सर पनि देख्न सकिने छ।
एक्स३००एसमा भने पुनः डिजाइन गरिएको क्यामरा रिङ्गको साथ स्ट्याण्डर्ड एक्स३०० को जस्तै रियर क्यामरा डिजाइन रहेको छ। साथै, सेन्सर लेआउट आधार मोडेलबाट धेरै हदसम्म अपरिवर्तित रहेको छ।
भिभोले लन्च हुनुभन्दा अगाडि फोनको डिजाइनको बारेमा थप विवरणहरू प्रकट गर्ने अपेक्षा गरिएको छ। साथै एक्स३०० अल्ट्रा पनि विश्वव्यापी बजारमा डेब्यू गर्न तयार भएको उल्लेख गरिएको छ।
प्रकाशित: ८ चैत्र २०८२, आईतवार