
काठमाडौं ।
हावाहुरीका कारण टावर भाँचिएपछि हेटौँडा उपमहानगरपालिका–४ कमलडाँडास्थित हेटौँडा एफएम ९९.६ मेगाहर्जको प्रसारण बन्द भएको छ।
गए राति चलेको तीव्र गतिको हावाहुरीले एफएमको १२० मिटर अग्लो टावरबीच भागमा भाँचिएपछि एफएमको प्रसारण बन्द भएको एफएमका अध्यक्ष उज्जवल चौलागाईले बताए।
प्रसारण एन्टेनासहितको सो टावर भाँचिएर करिब रु १५ लाख मूल्य बराबरको क्षति भएको अध्यक्ष चौलागाईले बताए। भाँचिएको टावर मर्मत गरेर पुनः रेडियो सञ्चालनमा ल्याइने अध्यक्ष चौलागाईको भनाइ छ। रासस
प्रकाशित: ७ चैत्र २०८२, शनिबार