
काठमाडौं ।
ओप्पोले भारतमा आफ्नो पछिल्लो के–न्सिरिज फोन अन्तर्गतको ओप्पो के१४ ५जी आधिकारिक रूपमा अनावरण गरेको छ। यो डिभाइस वस्तवमा गत जनवरीमा लन्च गरिएको ओप्पो ए६ हो।
ओप्पो के१४ ५जी प्रिज्म भायोलेट, प्रिज्म ह्वाइट र आइसी ब्लू रङ्गहरूमा आउँछ। यो डिभाइसको ६/१२८जीबी ट्रिमको लागि १७,९९९ भारतीय रुपैयाँ (१९२ अमेरिकी डलर) बाट मूल्य सुरु हुन्छ। ८/२५६जीबी मोडेलको लागि २१,९९९ भारतीय रुपैयाँ (२३५ अमेरिकी डलर) मूल्य कायम गरिएको छ। के१४ ५जी ओप्पो भारतीय अनलाइन स्टोरका साथै साझेदार खुद्रा विक्रेताहरूबाट सिधै उपलब्ध हुनेछ।
ओप्पो के१४ ५जीमा ६.७५ इन्चको आईपीएस एलसीडी (एचडी+१२० हर्ज) समावेश गरिएको छ भने यो मिडियाटेकको डाइमेन्सिटी ६३०० चिपसेट र ४५वाट वायर्ड चार्जिङ र रिभर्स ओटीजी चार्जिङको साथ ७,००० एमएएच ब्याट्रीले सुसज्जित छ। यो डिभाइस आईपी६९ रेटेड पनि छ र फोनमा ५० मेगापिक्सेल मुख्य क्यामरा समावेश गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
प्रकाशित: ७ चैत्र २०८२, शनिबार