
काठमाडौं ।
ह्वावेले हालै लन्च गरिएको मेट ८० प्रो म्याक्सको बिल्ट–इन कुलिङ फ्यान रहेको नयाँ भेरियन्ट प्रस्तुत गरेको छ। मेट ८० प्रो म्याक्स विन्ड इडिशन नामक यो डिभाइस हाल चीनमा प्रि–अर्डरको लागि उपलब्ध भएको छ।
ह्वावेले नयाँ भेरियन्टको बारेमा कुनै विवरण साझा नगरेको हुनाले डिभाइसको औपचारिक घोषणा आसन्न हुन सक्छ भनि अनुमान गरिएको छ र सम्भवतः मार्च २३ मा चीनमा ह्वावे इन्जोय ९० सिरिजसँगै डेब्यू हुन सक्ने जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
मेट ८० प्रो म्याक्स विन्ड इडिशन स्ट्याण्डर्ड मोडेलसँग धेरै हदसम्म समान देखिन्छ। तर टिजर तस्बिरहरूले बिल्ट–इन फ्यानको लागि देखिने भेन्टहरू सहितको फराकिलो क्यामरा रिङको खुलासा गरेको छ।
ह्वावेले कुलिङ प्रणाली समायोजन गर्न डिजाइनमा सम्झौता गर्नुका साथै एउटा क्यामरा हटाएको देखिन्छ। स्ट्याण्डर्ड मेट ८० प्रो म्याक्सको क्वाड–क्यामरा प्रणालीको तुलनामा विन्ड इडिशनमा ट्रिपल–सेन्सर सेटअपको साथ संशोधित क्यामरा लेआउट रहेको छ।
यो डिभाइस चीनमा ह्वावेको आधिकारिक भीमल अनलाइन स्टोर मार्फत पहिले नै प्रि–अर्डरको लागि उपलब्ध छ। यो पोलर नाइट ब्ल्याक र पोलर डे गोल्ड कलर विकल्पहरूमा सूचीबद्ध गरिएको छ भने १६जीबी/५१२जीबी र १६जीबी/१टीबी कन्फिगरेसनमा उपलब्ध छ।
यो फोनले स्ट्याण्डर्ड मेट ८० प्रो म्याक्स जस्तै स्पेसिफिकेसनहरू प्रदान गर्ने सम्भावना रहेको छ। डिभाइसमा ६.९–इन्च एएमओएलईडी एलटीपीओ डिस्प्ले, किरिन ९०३० प्रो चिपसेट र १००वाट वायर्ड र ८०वाट वायरलेस चार्जिङको साथ ६,०००एमएएच ब्याट्रीको साथ आउने छ।
प्रकाशित: ७ चैत्र २०८२, शनिबार