
काठमाडौं ।
अनलाइन सुरक्षा ऐनका दायित्वहरू पूरा नगरेको भन्दै बेलायतले फोरचान लाई करिब ७ लाख डलर जरिवाना गरेको छ।
बेलायतको सञ्चार नियामक अफकमले अनलाइन सुरक्षा ऐन २०२३ का नियमहरू पालना गर्न असफल भएको भन्दै फोरचानलाई कुल ५ लाख २० हजार पाउण्ड (करिब ६ लाख ९० हजार) जरिवाना गरेको छ।
उक्त रकमको ठूलो हिस्सा फोरचनाले आफ्नो वेबसाइटमा प्रभावकारी उमेर प्रमाणीकरण प्रणाली लागू नगरी बालबालिकाले अश्लील सामग्री देख्न नपाउने सुनिश्चित गर्न नसकेको कारण लागेको हो।
सो उल्लंघनका लागि वेबसाइटलाई ४ लाख ५० हजार पाउण्ड(५ लाख ९८ हजार डलर) जरिवाना गरिएको छ र अप्रिल २ भित्र उमेर जाँच प्रणाली लागू गर्न आदेश दिइएको छ।
तोकिएको मितिसम्म पालना नगरेमा वेबसाइटले नियम पालना नगरेसम्म वा जुन १ सम्म, जुन पहिले आउँछ, दैनिक ५ सय पाउण्ड (६६४ डलर) जरिवाना तिर्नुपर्नेछ।
अफकमले फोरचानले आफ्नो वेबसाइटमा गैरकानुनी सामग्रीसम्बन्धी पर्याप्त जोखिम मूल्यांकन नगरेको पनि फेला पारेको छ र त्यसका लागि ५० हजार पाउण्ड (६६ हजार ४ सय) जरिवाना गरेको छ।
फोरचानले अप्रिल २ भित्र जोखिम मूल्यांकन गर्नुपर्नेछ, नत्र उसले दैनिक थप २ सय पाउण्ड (२६६ डलर) तिर्नुपर्नेछ। अन्ततः नियामकले फोरचानले आफ्नो सेवा सर्तमा प्रयोगकर्तालाई गैरकानुनी सामग्रीबाट कसरी जोगाउँछ भन्ने स्पष्ट व्यवस्था समावेश नगरेको पनि जनाएको छ।
यसका लागि २० हजार पाउण्ड (२६ हजार ६ सय डलर) जरिवाना लगाइएको छ र अप्रिल २ देखि जुन १ सम्म दैनिक १ सय पाउण्ड (१३३ डलर) जरिवाना लाग्नेछ।
नियामकले २०२५ को जुनमा फोरचानमाथि अनुसन्धान सुरु गरेको थियो, जसको उद्देश्य उक्त प्लेटफर्मले कानून अन्तर्गतका दायित्वहरू पूरा गरिरहेको छ कि छैन भन्ने पत्ता लगाउनु थियो।
अक्टोबरमा अफकमले केही अनुसन्धानको निर्णय सार्वजनिक गरेको थियो। उसले फोरचानलाई वेबसाइटको गैरकानुनी सामग्री जोखिम मूल्यांकनको प्रतिलिपि उपलब्ध गराउन र यसको विश्वव्यापी आम्दानीसम्बन्धी जानकारी दिन अनुरोध बेवास्ता गरेको भन्दै २० हजार पाउण्ड (२६ हजार ७ सय डलर) जरिवाना गरेको थियो।
नियामकले इन्ग्याजेटलाई दिएको जानकारीअनुसार फोरचानले उक्त अघिल्लो जरिवाना अझै तिरेको छैन जसका कारण ६० दिनसम्म दैनिक थप जरिवाना पनि लागिसकेको छ।
प्रकाशित: ५ चैत्र २०८२, बिहीबार