
काठमाडौं ।
बेन्चमार्क मिनरल इन्टेलिजेन्सको तथ्याङ्क अनुसार फेब्रुअरीमा विद्युतीय कारको विश्वव्यापी बिक्री ११ प्रतीशतले घटेको र लगभग ११ लाख युनिट बिक्री भएको छ।
यो वर्ष युरोपको बिक्री २१ प्रतिशतले बढ्दै गएको छ भने जर्मनी र फ्रान्स सूचीको शीर्षमा रहेको छन्। उत्तरी अमेरिकाले भने मागमा तीव्र गिरावट देखिरहेको टेलिग्राफले रिपोर्ट गरेको छ।
त्यसैगरी चीनमा पनि बिक्री २६ प्रतीशतले घटेको छ भने ईभी निर्यात पहिलेभन्दा बढेको उल्लेख गरिएको छ।
त्यसैगरी उत्पादित ब्याट्रीहरू उपयोग गर्नको लागि निर्माताहरूले ऊर्जा भण्डारण प्रणालीहरूमा लगानी गरिरहेका छन्।
फक्सवागनले इलेक्ट्रिसिटी ग्रिडलाई मद्दत गर्न जर्मनीमा ठूलो ब्याट्री प्लान्ट सक्रिय गरेको छ। त्यसैगरी टेस्ला, बीवाईडी र हुन्डाईले पनि उही कदम पछ्याइरहेका छन्।

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार