ओप्पो फाइन्ड एन६ सार्वजनिक, यस्ता छन् विशेषता

  • Technology Khabar | ५ चैत्र २०८२, बिहीबार
ओप्पो फाइन्ड एन६ सार्वजनिक, यस्ता छन् विशेषता
फोटो सौजन्यः गीज्मोचाइना

काठमाडौं ।

ओप्पोले “विश्वको सबैभन्दा फ्ल्याट फोल्डेबल स्मार्टफोन” को रुपमा दावी गर्दै फाइन्ड एन६ लन्च गरेको छ। उन्नत प्रविधि, स्लीक डिजाइन र उच्च प्रदर्शन संयोजन गर्दै फाइन्ड एन६ ले फोल्डेबल स्मार्टफोन बजारमा नयाँ मानक स्थापित गर्ने बताइएको छ। यहाँ डिभाइसको सुविधाहरू, स्पेसिफिकेशन र मूल्य निर्धारणको बारेमा गीज्मोचाइनाले रिपोर्ट प्रस्तुत गरेको छ।

ओप्पो फाइन्ड एन६ को स्पेसिफिकेशनहरूः
फाइन्ड एन६ को भित्री स्क्रिनमा ८.१२ इन्चको क्यूएक्सजीए+ फोल्डेबल ओएलईडी र बाहिरी डिस्प्लेमा ६.६२ इन्चको एफएचडी+ एएमओएलईडी रहेको छ।

दुवै डिस्प्लेले १.०७ बिलियन रङहरू, १–१२० हर्ज एडाप्टिभ रिफ्रेस रेटहरू र २४० हर्ज टच स्याम्पलिंगलाई समर्थन गर्दछ। भित्री स्क्रिनमा २,५०० निट्स ब्राइटनेस रहेको छ भने बाहिरी डिस्प्लेमा ३,६०० निट्स ब्राइटनेस रहेको छ।

आँखाको आरामको लागि भनेर स्क्रिनहरूमा १–निट अल्ट्रा–लो ब्राइटनेस मोड समावेश गरिएको छ। बाहिरी स्क्रिनमा किनाराहरू ३० प्रतिशतले घटाइएका छन् र दुबै डिस्प्लेहरू आँखाको सुरक्षाको लागि टीयूभी राइनल्याण्ड प्रमाण प्राप्त गरेका छन्।

ओप्पोले लामो समयसम्मको प्रयोग पछि पनि फोल्डेबल डिस्प्लेलाई सकेसम्म फ्ल्याट देखिने र महसुस गराउनमा ध्यान केन्द्रित गरेको बताइएको छ। प्रणालीले क्रिज भिजिबिलिटी कम गर्न उन्नत मेमोरी ग्लाससँग नयाँ हिञ्ज संयोजन गरेको छ।

हिञ्जले चिप–लेभल पोलिमर थ्रीडी प्रिन्टिङ टेक्नोलोजीबाट निर्मित बायोनिक फोर–एक्सिस स्ट्रकचर प्रयोग गर्दै सतहको असमानतालाई ०.१८ एमएमबाट घटाएर ०.१ एमएम बनाएको छ। त्यसका साथै, मेमोरी ग्लासले परम्परागत फ्लेक्सिबल ग्लासको तीन गुणा बढी बलियो हुने र फोल्ड गरेपछि त्यसको फ्ल्याटनेस (समतलता) को ९९.९ प्रतिशतसम्म पुनर्स्थापित गर्न सक्ने बताइएको छ।

यी प्रविधिहरूले मिलेर स्मुथ डिस्प्ले सर्फेस कायम राख्न मद्दत गर्नेछन् भने थप सहज र इमर्सिभ भ्युइङ्ग अनुभव प्रदान गर्ने उल्लेख गरिएको छ। यो डिभाइस ६००,००० फोल्डसम्मको लागि टीयूभी राइनल्याण्ड प्रमाणित गरिएको र सुधारिएको फ्ल्याटनेस समतलतासँगै स्थायित्व सुनिश्चित गर्ने बताइएको छ।

डिभाइसमा स्न्यापड्रागन ८ एलिट जेन ५ प्रोसेसर एलपीडीडीआर५एक्स र्याम र यूएफएस ४.१ स्टोरेज समवेश गरिएको छ। साथै डिभाइसले पावर खपत कम गर्दै सीपीयू र जीपीयू कार्यसम्पादन बढाउन ओप्पोको टाइडल इन्जिन अप्टिमाइजेसन प्रणालीलाई एकीकृत गरेको छ।

फाइन्ड एन६ कलरओएस १६ मा चल्ने र एकैसाथ चारओटा एपहरू चलाउनको लागि मल्टि–विन्डो मोड जस्ता वृद्धी गरिएको मल्टिटास्किङ र प्रोडक्टिभिटी सुविधाहरू प्रदान गर्दछ।

त्यसका साथै वैकल्पिक ओप्पो एआई पेनसँग स्मार्ट नोट–टेकिङ, भ्वाइस ट्रान्सक्रिप्शन, ईमेज इडिटिङ र स्टाइलस समर्थन जस्ता एआई–संचालित उपकरणहरू पनि समावेश गरिएका छन्। ओप्पोले ५ वर्षको एन्ड्रोइड ओएस अपडेट र ६ वर्षको सुरक्षा प्याचहरूको ग्यारेन्टी दिएको छ।

फाइन्ड एन६ मा रहेको ह्यासलब्लाड–इन्जिनियर्ड क्वाड–क्यामरा प्रणालीमा डुअल–एक्सिस ओआईएस र एफ/१.८ एपर्चर भएको २०० मेगापिक्सेलको वाइड–एंगल मुख्य सेन्सर रहेको छ।

यो १२० डिग्री फिल्ड अफ भ्यू प्रदान गर्ने ५० मेगापिक्सेलको अल्ट्रा–वाइड क्यामरा, ३× अप्टिकल जुम र डुअल– एक्सिस ओआईएस भएको ५० मेगापिक्सेलको टेलिफोटो लेन्स र डान्सिया कलर क्यालिब्रेसन लेन्ससँग पेयर्ड गरिएको छ।

क्यामराहरूले १२०× डिजिटल जुम, ८के फोटोग्राफी र ४के १२०एफपीएस डल्बी भिजन भिडियो रेकर्डिङलाई समर्थन गर्नुका साथै वाइड–एंगल शटहरूको लागि एक्सपीएएन मोड जस्ता उन्नत पोट्र्रेट र सिनेम्याटिक सुविधाहरू पनि प्रदान गर्दछ। फ्रन्ट–फेसिङ क्यामराहरूले मुख्य र कभर स्क्रिन दुवैमा २० मेगापिक्सेलको सेन्सरहरू समावेश गर्दछ।

फाइन्ड एन६ मा ६०००एमएएच सिलिकन–कार्बन ब्याट्री समावेश गरिएको छ। ब्याट्रीले ८०वाट वायर्ड फास्ट चार्जिङ र ५०वाट वायरलेस चार्जिङलाई समर्थन गर्दछ। यो डिभाइस यूएफसीएस, पीपीएस र क्यूसी जस्ता विभिन्न फास्ट–चार्जिङ मापदण्डहरूसँग पनि उपयुक्त हुनेछ।

कनेक्टिभिटीको लागि डिभाइसले ६६ विश्वव्यापी नेटवर्क ब्यान्डहरूमा ५जी कनेक्टिभिटीको साथ डुअल सिम कार्डहरूलाई समर्थन गर्दछ। डिभाइसमा निर्बाध कनेक्टिभिटीको लागि वाईफाई ७, ब्लुटुथ ६.० र एनएफसी सुविधाहरू छन्। फोनमा साइड–माउन्टेड फिङ्गरप्रिन्ट सेन्सर, स्याटेलाइट कम्युनिकेसन (सेलेक्टिभ भेरियन्टहरूमा) र द्रुत डाटा ट्रन्सफरको लागि यूएसबी टाइप–सी ३.२ पोर्ट समावेश छ।

डिभाइसको तौल केवल २२५ ग्राम छ भने फोल्ड गर्दा ८.९३ एमएम हुनेछ। डिभाइसलाई आईपी५६, आईपी५८, र आईपी५९ रेटिङ पनि प्रदान गरिएको छ।

मूल्य निर्धारण र उपलब्धताः
ओप्पो फाइन्ड एन६ को १२ जीबी /२५६ जीबी भेरियन्टको मूल्य ९,९९९ युआन (१,४०० अमेरिकी डलर) बाट सुरु हुन्छ। १६ जीबी /५१२ जीबी मोडेलको मूल्य १०,९९९ युआन (१,५४० अमेरिकी डलर) मा उपलब्ध हुन्छ भने टप–टियर १६ जीबी /१ टीबी स्याटेलाइट कम्युनिकेशन संस्करणको मूल्य ११,९९९ युआन (१,६८० अमेरिकी डलर) छ।

फोन डीप ब्ल्याक, ओरिजिनल टाइटेनियम र गोल्ड ओरेञ्ज गरी तीन रङ्गहरूमा उपलब्ध हुनेछ त्यसैगरी डिभाइस्को विश्वव्यापी बिक्री मार्च २० मा सुरु हुने गीज्मोचाइनाले रिपोर्ट गरेको छ।

प्रकाशित: ५ चैत्र २०८२, बिहीबार

तपाइको प्रतिक्रिया
Loading comments...