नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या सामग्री पोस्ट गर्ने व्यक्ति पक्राऊ

  • Technology Khabar | ४ चैत्र २०८२, बुधबार
नक्कली फेसबुक आईडी बनाएर महिलाको चरित्र हत्या सामग्री पोस्ट गर्ने व्यक्ति पक्राऊ
सांकेतिक तस्विर

काठमाडौं ।

सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई महिलाको तस्बिर र अपमानजनक शब्दहरु सहितका भिडियो कन्टेन्ट बनाएर पोस्ट गर्ने एक जनालाई नेपाल प्रहरीको साइबर ब्यूरोले पक्राऊ गरेको छ।

पक्राऊ पर्नेमा  कैलाली जिल्ला, घोडाघोडी नगरपालिका वडा नं. १ स्थायी ठेगाना भई हाल काठमाडौं महानगरपालिका वडा न. १६ नयाँबजार बस्ने वर्ष २३ को तपेन्द्र विष्ट रहेको ब्यूरोले जनाएको छ।

ब्यूरोका अनुसार सामाजिक सञ्जाल फेसबुकमा फेक आईडी बनाई पीडित महिलाको तस्विर सँगसँगै चरित्र हत्या गर्ने तवरबाट अपमानजनक तथा अमर्यादित कन्टेन्ट निर्माण गरी पोष्ट गर्नुका साथै अपरिचित व्यक्तिका अश्लLल क्रियाकलापका भिडियो सामाग्रीहरूमा समेत पीडित महिलाको नाम राखी, होली काण्ड नाम दिई विभिन्न पोष्ट गरी दुःख हैरानी दिएको विषयमा पीडितको निवेदन यस ब्यूरोमा प्राप्त भएपछि ब्यूरोले अनुसन्धान शुरु गरेको थियो।

प्राविधिक अनुसन्धानपछि पक्राऊ परेका बिष्टलाई विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०६३ अन्तर्गतको कसुरमा मिति २०८२ चैत २ गते काठमाडौंबाट पक्राउ गरी जिल्ला अदालत काठमाडौंबाट दिन तीन (३) म्याद थप गरी अनुसन्धान कार्य भइरहेको ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपक राज अवस्थीले जानकारी दिए।

प्रकाशित: ४ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...