
काठमाडौं ।
होन्डाले आफ्नो विद्युतीय सवारी साधनहरूतर्फ कठिन अवस्थाको सामना गरिरहेको छ।
कम्पनीले अब पहिले नै विकासमा रहेका तीन विद्युतीय सवारी साधनहरू रद्द गर्ने घोषणा गरेको छ। रद्द गरिने तीन विद्युतीय सवारी साधनहरूमा हालै प्रस्तुत गरिएको अकुरा आरएसएक्स पनि समावेश छ।
अब होन्डाले प्रोलोग पनि रद्द गर्न सक्ने अफवाहहरू बाहिरिएका छन्। होन्डाले डिसेम्बरमा प्रोलोग एसयूभीको उत्पादन बन्द गर्ने रिपोर्ट गरिएको छ।
प्रलोग पनि जीएमको अल्टिअम प्लेटफर्ममा आधारित रहेको बताइएको छ। साथै अल्टिअम प्लेटफर्म अहिले बन्द गरिएको अकुरा जेडडीएक्स र थोरै संख्यामा शेभ्रोलेट मोडेलहरूको आधार भएको उल्लेख गरिएको छ।
यद्यपि, ब्रान्डले भने यी अफवाहहरूलाई अस्वीकार गरेको छ।
कम्पनीका प्रवक्ताले “यो केवल अनुमान हो। प्रोलोग हाम्रो लाइनमा रहनेछ” भनि बताएको टेलीग्राफले रिपोर्ट गरेको छ।
प्रकाशित: ४ चैत्र २०८२, बुधबार