बुधबारदेखि भिभो र आईकूले केही स्मार्टफोनहरूको मूल्य बढाउँदै

  • Technology Khabar | ४ चैत्र २०८२, बुधबार
बुधबारदेखि भिभो र आईकूले केही स्मार्टफोनहरूको मूल्य बढाउँदै

काठमाडौं ।

ओप्पो र वनप्लसले सोमबारदेखि आफ्नो डिभाइसहरुको मूल्य बढाउँदै छ। यो हप्ताको मध्यतिर भिभो र आईकूले पनि त्यस्तै गर्ने भएका छन्। संयुक्त विज्ञप्तिमा, दुई ब्रान्डहरूले नयाँ मूल्य निर्धारण मार्च १८ (बुधबार) मा चीनमा स्थानीय समय अनुसार बिहान १०ः०० बजे लागू हुने बताएका छन्।

उक्त नयाँ मूल्य निर्धारण चिनियाँ बजारको लागि भएको र विश्वव्यापी बजारमा पनि त्यसको असर पर्ने सम्भावना रहेको बताइएको छ। अहिले, कुन फोनहरूको मूल्य वृद्धि हुनेछ भन्ने कुरा स्पष्ट नभएको र विज्ञप्तिमा “विशिष्ट मोडेलहरू” मात्र भनिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।

मेमोरी र सेमीकन्डक्टरहरूको बढ्दो लागतका कारण यो कदम चालिएको भनि भिभो र आईकूले स्पष्ट पारेका छन्।

विश्लेषकहरूले केही समयदेखि आगामी मूल्य वृद्धिको बारेमा चेतावनी दिइरहेका छन्। साथै अवस्थाहरू राम्रो हुनुको सट्टा खराब हुँदै गइरहेको समयमा एआई हाइपरस्केलरहरूले बजारमा पारेको प्रभावको अतिरिक्त अब हेलियम आपूर्ति जोखिममा रहेको र त्यसले चिप उत्पादनलाई असर गर्न सक्ने उल्लेख गरिएको छ।

प्रकाशित: ४ चैत्र २०८२, बुधबार

तपाइको प्रतिक्रिया
Loading comments...