
काठमाडौं ।
नथिङले हालै विश्व बजारमा उतारेको आफ्नो प्रिमियम स्मार्टफोन सिरिज नथिङ फोन फोर ए नेपाली बजारमा आइपुगेको छ।
८ जीबी र्याम, १२८ जीबी स्टोरेज, ८ जीबी र्याम २५६ जीबी स्टोरेज र १२ जीबी र्याम र २५६ जीबी स्टोरेज गरी नथिङ फोन फोर ए का तिन भेरियन्ट र ह्वाईट, ब्ल्याक, ब्लु र पिङ्क गरि चार भिन्न कलर अप्सनमा नेपाली बजारमा ल्याइएको हो।
“नथिङ्का उत्पादनहरु अत्यन्त प्रिमियम छन्”, सिजी मोबाईल्सका महाप्रबन्धक विनय जोशी भन्छन्, “प्रिमियम डिजाईन, प्रिमयम स्पेक्स्, प्रिमियम प्रोडक्ट तर एफोर्डेबल प्राईसिङ जसले नथिङलाई विश्वभरका टेक इन्थ्युजियास्टले धेरै नै मनपराउँछन्। नेपाली बजारमा पनि नथिङ स्मार्टफोन तथा एक्सेसोरीज्मा उपभोक्ताको ठूलो क्रेज रहेको हामीले पाएका छौं।”
५५ हजार नौ सय उनान्सय शुरुवाती मूल्य भएको नथिङ फोन फोर ए का शुरुवाती ग्राहकहरुलाई नथिङले ८ हजार नौ सय उनान्सय मूल्यको सिएमएफ वड्स टु ए प्लस निःशुल्क प्रदान गर्ने कम्पनीले जनाएको छ।
नथिङले यसपटक आफ्नो फोर ए सिरिजलाई पूर्णतया क्यामेरा सेन्ट्रिक बनाएको छ। ७० एक्स अल्ट्रा जुम सहितको थ्री क्यामरा सेटअप भएको यो स्मार्टफोन सेग्मेन्टकै सबैभन्दा उत्कृष्ठ क्यामरा सेटअप रहेको कम्पनीको भनाई छ।
एल्मुनियम फ्रेम, र नथिङको सिग्नेचर ट्रान्सप्यारेन्ट ग्लास ब्याक डिजाईन अनि ग्लिफ लाईटको संयोजनले यो फोन अत्यन्तै प्रिमियम देखिएको छ। आईपी ६८ डस्ट एण्ड वाटर रेसिस्टेन्स सर्टिफाईन नथिङ फोर एको बक्स भित्रै प्रिमियम फोन केस समेत प्रदान गरिएको छ।
तिन जेनेरेसनसम्मको एण्ड्रोइड अपडेट पाइने नथिङ फोर ए मा ब्लोटवेयर रहित क्लिन नथिङ ओएस प्रदान गरिएको छ। नथिङ ओएस पर्सनलाईजेसन र कस्टमाईजेसनमा सबैभन्दा राम्रो ओएस पनि हो।
नथिङको सिग्नेचर एसेन्सियल एआई टुल सहित गुगल जेमिनी र च्याट जिपिटी जस्ता प्रिमियम एआई टुल्स इन्टिग्रेट गरिएका यी स्मार्टफोनमा स्न्यापड्रागन सेभेन एस जेन फोर प्रोसेसर प्रयोग गरिएको छ।
प्रकाशित: ३ चैत्र २०८२, मंगलवार