
काठमाडौं ।
चालु आर्थिक वर्षको सातौं महिना माघ मसान्तसम्म नेपालमा क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवै उल्लेख्य घटेको छ।
नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्मको मासिक भुक्तानी प्रणाली सूचक अनुसार क्यूआर कोड मार्फत हुने कारोबार सङ्ख्या र रकम दुवैमा उल्लेख्य गिरावट आएको पाइएको हो।
मंसिरबाट पुसमा जाँदा क्यूआरमार्फत् हुने कारोबार रकम ११ अर्ब ३८ करोड ९० लाखले बढेर समग्रमा १ खर्ब २९ अर्ब १८ करोड १० लाख पुगेको थियो। पुसबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा उक्त रकम ३ अर्ब ९६ करोड ९० लाखले बढेर समग्रमा १ खर्ब २५ अर्ब २१ करोड १० लाखमा झरेको छ।
यसैगरी कारोबार सङ्ख्या मंसिरबाट पुसमा जाँदा ५१ लाख ८० हजार ५२ ले बढेर ४ करोड ७३ लाख ३६ हजार २७३ पुगेको थियो। तर पुस मसान्तबाट माघ मसान्तसम्मको एक महिनाको अवधिमा भने ११ लाख ०१ हजार ७३५ ले घटेर ४ करोड ६२ लाख ३४ हजार ५४१ मा आइपुगेको छ।
प्रकाशित: ३ चैत्र २०८२, मंगलवार