
काठमाडौं ।
प्रसिद्ध फोन निर्माता सामसङले ग्यालेक्सी डिभाइसहरूको लागि नयाँ सुविधा प्रस्तुत गरेको छ। यो नयाँ सुविधाले प्रयोगकर्ताको सुरक्षा बढाउने बताइएको छ।
“इनएक्टिभिटी रिस्टार्ट” नामक सुविधाले ७२ घण्टाको निष्क्रियता पछि फोन स्वचालित रूपमा रिस्टार्ट (पुनः सुरु) गर्ने टेलिग्राफले रिपोर्ट गरेको छ।
फोन हराएको वा चोरी भएको अवस्थामा व्यक्तिगत डाटा सुरक्षित गर्नको लागि यो कदम चालिएको बताइएको छ।
रिबुट गरेपछि डिभाइस “बिफोर फर्स्ट अनलक” (बीएफयू) अवस्थामा प्रवेश गर्ने भएकाले बायोमेट्रिक्सले काम नगर्ने र प्रयोगकर्ताले फोन पहुँच गर्न पिआईएन (पिन) वा पासवर्ड इन्ट्रि गर्नुपर्नेछ।
सामसङले यो सुविधा सुरुमा नवीनतम ग्यालेक्सी मोडेलहरूमा रोल आउट गरिने र भविष्यका सफ्टवेयर अपडेटहरू मार्फत थप डिभाइसहरूमा उपलब्ध हुने घोषणा गरेको छ।
प्रविधि विज्ञहरूले यो कदमलाई महत्त्वपूर्ण सुरक्षा सुधारको रूपमा हेरेका छन् र यो सुविधाले अनधिकृत व्यक्तिहरूलाई डिभाइसहरू प्रयोग गर्न अझ गाह्रो बनाउने छ।
प्रकाशित: ३ चैत्र २०८२, मंगलवार