होन्डाले तीन विद्युतीय मोडेलहरू रद्द गर्यो

  • Technology Khabar | ३ चैत्र २०८२, मंगलवार
होन्डाले तीन विद्युतीय मोडेलहरू रद्द गर्यो
फोटो सौजन्यः टेलिग्राफ

काठमाडौं ।

एक वर्षभन्दा कम समय अघि होन्डाले विद्युतीय क्रसओभरको रूपमा अकुरा आरएसएक्स पुनः आविष्कार गरेको थियो। तर उक्त विद्युतीय कार असफल हुन पुगेको थियो।

यो वर्षको उत्तरार्धमा बिक्री गरिने तालिका रहेको अकुरा आरएसएक्सकोे विकास रोकिएको र बजार लन्च पूर्ण रूपमा रद्द गरिएको छ।

त्यसैगरी होन्डाको लोगो भएका दुई विद्युतीय सवारी साधनहरूसँगै आरएसएक्स आधिकारिक रूपमा बन्द गरिएको छ।

उत्तर अमेरिकामा विद्युतीय सवारी साधनहरू अपेक्षा गरिएको भन्दा ढिलो रुपमा अपनाइएका कारण जिरो एसयूभी र जिरो सेडानले पनि अकुराको बाटो पछ्याइरहेका छन्।

कम्पनीले तीनओटै विद्युतीय सवारी साधनहरू रद्द गर्ने निर्णय गर्नु अघि अन्य विकल्पहरूमा विचार गरिएको बताएको छ।

तीनओटै मोडेलहरूले लगानीलाई औचित्य दिन पर्याप्त लोकप्रिय नभएको मान्दै होन्डाले आफ्नो घाटा घटाउन चाहेको टेलीग्राफले रिपोर्ट गरेको छ।

प्रकाशित: ३ चैत्र २०८२, मंगलवार

तपाइको प्रतिक्रिया
Loading comments...