टेस्लाको मेगा एआई चिप फ्याब इलन मस्क परियोजना एक हप्तामा शुरु हुने मस्कको भनाई

  • Technology Khabar | २ चैत्र २०८२, सोमबार
टेस्लाको मेगा एआई चिप फ्याब इलन मस्क परियोजना एक हप्तामा शुरु हुने मस्कको भनाई
फाइल तस्बिर

काठमाडौं ।

अर्बपति इलन मस्कले आफ्नो कम्पनी टेस्लाको कृत्रिम बुद्धिमत्ता (एआई) चिप उत्पादन गर्ने “टेराफ्याब” परियोजना सात दिनभित्र सुरु हुने बताएका छन्। शनिबार दिएको जानकारीमा उनले टेस्लाले आफ्ना एआई चिपहरू उत्पादन गर्न ठूलो चिप कारखाना निर्माण गर्नुपर्ने सम्भावना पहिले नै रहेको बताएका थिए।

टेस्ला अहिले आफ्नो पाँचौं पुस्ताको एआई चिप (ए१५) डिजाइन गरिरहेको छ, जसले कम्पनीको स्वचालित गाडी (अटोनोमस ड्राइभिङ) प्रविधिलाई शक्ति दिनेछ। यी चिपहरू टेस्लाको फुल सेल्फ-ड्राइभिङ (एफएसडी) सफ्टवेयरका लागि प्रयोग हुनेछन्।

गत वर्ष कम्पनीको वार्षिक बैठकमा मस्कले यस्तो चिप उत्पादनका लागि सम्भावित योजना सार्वजनिक गरेका थिए। उनले त्यस समयमा इन्टेलसँग सहकार्य हुन सक्ने संकेत दिएका थिए।

उनले भने, “हामीले कुनै सम्झौता गरेका छैनौं, तर इण्टेलसँग छलफल गर्नु उपयोगी हुन सक्छ।”

रोयटर्सका अनुसार मस्कले यसअघि पनि टेस्लाले टीएसएमसी (ताइवान) र सामसङ इलेक्ट्रोनिक्स (दक्षिण कोरिया) सँग एआई चिप उत्पादनका लागि सहकार्य गरिरहेको बताएका थिए।

उनका अनुसार टेस्लाका आपूर्तिकर्ताबाट सम्भावित रूपमा उपलब्ध हुने चिपको मात्रा कम्पनीलाई आवश्यक पर्ने स्तरसम्म पुग्न अझै पर्याप्त छैन। त्यसैले टेस्लाले आफैंले ठूलो चिप कारखाना बनाउनुपर्ने निष्कर्षमा पुगेको मस्कको भनाइ छ।

उनले भनेका छन्, “हामीलाई चाहिएको चिपको मात्रासम्म पुग्न ‘टेस्ला टेराफ्याब’ बनाउनैपर्ने जस्तो देखिन्छ। यो गिगाफ्याक्ट्रीभन्दा पनि धेरै ठूलो हुनेछ।”

टेस्लाले भने यस परियोजनाबारे थप विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित: २ चैत्र २०८२, सोमबार

तपाइको प्रतिक्रिया
Loading comments...