
काठमाडौं ।
स्पेनी सरकारले सामाजिक सञ्जालमा हेट स्पिच (घृणायुक्त अभिव्यक्ति) मापन गर्न नयाँ टुल लन्च गर्ने योजना बनाएको स्पेनका प्रधानमन्त्रीले घोषणा गरेका छन्।
म्याड्रिडमा हेट र डिजिटल ह्यार्यासमेण्ट विरुद्धको पहिलो अन्तर्राष्ट्रिय शिखर सम्मेलनको क्रममा यो घोषणा गरिएको टेलीग्राफले रिपोर्ट गरेको छ।
HODIO नामक प्रणालीले हेट म्यासेज (घृणायुक्त सन्देश) हरूको फैलावट र पोलराइजिङ कन्टेण्टमा एल्गोरिदमको प्रभावको विश्लेषण गर्नेछ।
हेट स्पिच (घृणायुक्त अभिव्यक्ति) ध्रुवीकरणको बलियो उपकरण बन्दै गइरहेको हुनाले सामाजिक सञ्जालहरू नियम बिना रहन नसक्ने स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजको भनाइ रहेको छ।
यो उपकरणले घटनाको तीव्रता र दायरा मापन गर्न ठूलो मात्रामा सार्वजनिक अनलाइन गतिविधिको विश्लेषण गर्नेछ।
डाटाले डिजिटल उत्पीडन विरुद्ध थप प्रभावकारी नीतिहरू डिजाइन गर्न मद्दत गर्ने स्पेन सरकारले बताएको छ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार