
काठमाडौं ।
अनरको रोबोट फोन अझै पनि वास्तविक प्रोडक्ट भन्दा बढी कनसप्ट डिभाइसको रुपमा नै रहको छ। तर कम्पनीले रोबोट फोन यो वर्षको उत्तरार्धसम्ममा लन्च हुने वाचा गरेको छ।
यो वास्तवमा रोबोट नभएर यो मुख्य क्यामराको लागि थ्री–एक्सिस गिम्बल भएको फोन हो। यो रोबोट फोनको बारेमा अझै सम्म पनि कुनै पनि प्रकारको स्पेक्स उपलब्ध छैन र अनरले धेरै सीमित फङ्गसन्यालिटीका साथ केही डेमोहरू मात्र सार्वजनिक गरेको छ।
चीनबाट बाहिर आएको नयाँ अफवाह अनुसार रोबोट फोन वर्षको तेस्रो त्रैमासिकमा लन्च हुनेछ। यो महिनाको सुरुमा एमडब्ल्यूसीमा देखाइएका प्रोटोटाइपहरूको अवस्थालाई ध्यानमा राख्दै यो डिभाइस सेप्टेम्बरमा लन्च हुनेछ भन्ने अनुमान गरिएको जीएसएमएरिनाले रिपोर्ट गरेको छ।
वेईबो टिपस्टरले एरिसँगको अनरको सहकार्य पहिलो पटक रोबोट फोनमा प्रयोग गरिने दाबी गरेको छ। यो सहकार्यले गिम्बलको साथमा फोनको भिडियो रेकर्डिङ क्षमताहरूलाई राम्रो बनाउनेछ।
प्रकाशित: २ चैत्र २०८२, सोमबार